गठबन्धनमा खटपटका बिच देउवा र नेपालबिच गोप्य भेट

गठबन्धनमा खटपटका बिच देउवा र नेपालबिच गोप्य भेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ ।  हिँजो साँझ देउवा र नेपालबिच भेटवार्ता भएको हो ।सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापति देउवा र सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालबिच भएको गोप्य भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्ष लक्ष्मणकिशोर चौधरीलाई साथ दिएर एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई चुनौती दिएको थियो । आफूले मुख्यमन्त्री पाउने आश्वासन भाएपछि एकीकृत समाजवादीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएको तियो ।स्रोतका अनुसार देउवा र नेपालीबिच सुदूरपश्चिम प्रदेश सरकार निर्माण र वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो ।

एकीकृत समाजवादीले साथ छोड्दा मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा केन्द्रीय गठबन्धन  बाहिरबाट सरकार बन्ने परिस्थिति छ । एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिए जनता समाजवादी पार्टी पनि बाहिरिन सक्ने कांग्रेसको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.