सुनसरीको चतराधाममा आजबाट बाह्रवर्षे महाकुम्भ मेला सुरु

सुनसरीको चतराधाममा आजबाट बाह्रवर्षे महाकुम्भ मेला सुरु

विराटनगर । सुनसरीको चतराधाममा आजबाट बाह्र वर्षे पूर्ण महाकुम्भ मेलाको सुरु हुँदैछ । वराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार स्थित धार्मिक स्थल चतरा धाममा आगामी वैशाख २८ गतेसम्म महाकुम्भ मेला सञ्चालन हुँदैछ ।

महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका संयोजक बालसन्त मोहन शरण देवाचार्यले जानकारी दिए ।

एक महिने मेलामा ४० लाखभन्दा बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । उनीहरूको व्यवस्थापन र सुरक्षाको तयारी समेत पुरा भएको मेला मूल आयोजक समितिले जनाएको छ ।

कुम्भ मेलाका आगन्तुकका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवक समेत गरी दुई हजार भन्दा बढी सुरक्षाकर्मीहरू खटाइएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।

मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नानस्थल निर्माण गरिएको छ । मेला स्थल वरिपरि सरसफाइ, स्नानस्थल निर्माण, पण्डाल, हवन कुण्ड, सहयोग स्थल, सुरक्षा, स्वास्थ्य, भन्डारा लगायत पार्किङको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

धार्मिक परम्परा तथा तीर्थाटनका हिसाबले महत्त्वपूर्ण रहेको सो महाकुम्भ मेलामा धेरैजसो नेपाल र भारतका भक्तजन सहभागी हुने मेला सहसंयोजक एवं वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।

भारत बाहेक विभिन्न देशका साधु सन्त लगायत भक्तजनहरूको पनि सहभागिता रहने नगरप्रमुख कार्कीले बताए । वराहक्षेत्रको प्राचीन हरिद्वारा चतरा धाममा हरेक १२ वर्षमा एक महिने पूणर्महाकुम्भ मेला लाग्ने गरेको छ । यस्तै ६–६ वर्षमा अर्ध कुम्भ मेला समेत लाग्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.