भरतपुरमा बागी उम्मेदवार दिने नेपाली काग्रेसको निणर्य

भरतपुरमा बागी उम्मेदवार दिने नेपाली काग्रेसको निणर्य

बिराटनगर । भरतपुरमा नेपाली काग्रेसले केन्द्रको निणर्य नमान्ने भएका छन् । पाटी हाम्रो संगठन हाम्रो अनि माओबादीको लागि हामीले सत्ति जान नसकिने एक काग्रेसी नेताले बताएका छन् । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रलाई सर्मथन गर्ने निर्णयप्रति असन्तुष्ट नेपाली कांग्रेसका नेता कार्यकर्ताले भेला गर्ने भएका छन् । नारायणगढको कमलनगरस्थित जिल्ला पार्टी कार्यालयमा शुक्रबार दिउँसो २ बजेका लागि भेला आह्वान गरिएको कांग्रेसका एक नेताले बताए ।congress_makalukhabar
भेलामा भरतपुर महानगरपालिकाको मेयर छाड्ने केन्द्रको निर्णयबारेमा छलफल गरेर अब कसरी अगाडि बढ्ने भनेर योजना बनाइने बताइएको छ । भेलामा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला समेतलाई बोलाइएको छ । गुरुङ र कोइराला दुबै कांग्रेसले महानगरको मेयर पाउनुपर्ने पक्षमा आवाज उठाउँदै आएका नेता हुन् ।
केन्द्रीय सदस्य कोइरालाले कार्यकर्ताको कुरा सुन्न पार्टी कार्यालयमा जाने बताए । ‘कांग्रेसले नै भरतपुरको मेयर पाउनुर्छ भन्नेमा हामीले पहिलादेखि नै आवाज उठाउँदै आएको होु, कोइरालाले भने, ‘गठवन्धन गरेर माओवादीलाई दिँदा भरतपुरमा कांग्रेस कमजोर बन्यो, अहिले मेयरमा छोरीलाई जिताउने, पछि संघीय चुनावमा बाबुलाई मत दिनुपर्ने होला, कहिलेसम्म यसो गरेर बस्ने हो कांग्रेस ?’
भरतपुर महानगरको मेयर कांग्रेसले नपाएको भन्दै कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटाले बागी उम्मेदवारी दिने तयारी गरेका छन् । सापकोटा पक्षले भेला छलफललाई तीव्रता दिएपछि कांग्रेस चितवनका सभापति खनालले गठवन्धनको भावनाभन्दा बाहिर नजान अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.