कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित

काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् ।

गैरआवासीय नेपाली संघ,स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की  र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो ।china-outbreak-patient-coronavirus-040220-ap

नेपालबाहेक विश्वभर एक हजार ९८३  गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।

२४ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित रहेको बताइएको छ ।

संक्रमित हुने नेपालीमा अमेरिका एक हजार, बेलायत सात सय, संयुक्त अरब इमिरेट्स ८१, बहराइन ४९, कुवेत ४२, पोर्तुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, बेल्जियम छ, स्वीजरल्याण्ड पाँच ,साउदी अरब र  जर्मनी चारचार, मलेशिया, क्यानडा, न्युजिल्याण्ड र  साइप्रस तीनतीन, जापान, हङकंङ र माल्टा दुईदुई तथा फ्रान्समा एक जना रहेको बताइएको छ ।

 

By विराट खबर

विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *