देवानगंज गाउँपालिकामा गुडिया बनाउने तालिम शुरु

देवानगंज गाउँपालिकामा गुडिया बनाउने तालिम शुरु

चन्दन मेहता, सुनसरी । जीवन बिकास संस्था शाखा कार्यालय देवानगञ्जले स्थानीय महिलाहरुको आर्यआर्जनका लागि ५ दिने सिपमुलक तालिम आज सोमबार देखि शुरु गरेको छ ।
जिवन विकाश लिमिटेड लघुवित्त संस्था शाखा कार्यलय देवानगंजले बिगत बर्षहरु देखि नै स्थानीय महिला लक्षित कार्याक्रम गरेर उनीहरुको सोच र कमाईमा परिबर्तन ल्याएको छ । सो अनुरुप यस पटक पनि स्थानीय महिलाहरुको आर्थिक प्रगति तथा उद्यमि बनाउने उद्येश्यले पाँच दिने सिपमूलक गुडिया बनाउने तालिम आयोजना गरेको शाखा प्रमुख राजेश कुमार शाहले बताएका छन् । जिवन विकास संस्थाले समाजका लागि विभिन्न सामाजिक कार्य गर्दै आइरहेको संस्थालाई देवानगंज गाउँपालिका बासीन्दाहरुले संस्थाको कामप्रति खुशी ब्यक्त गरेका छन् । सीप मूलक तालिमको पहिलो दिन उल्लेखनीय महिलाहरुको सहभागि थियो । तालिमको सहजीकरण राजेश कुमार शाहले गरेका थिए भने स्थानीय बुद्धिजिवी र अगुवाहरुले यस्ता कार्यक्रम निरन्तरता भए राम्रो हुने कुरा बताएका छन् । तालिम आउने शुक्रबार समापन हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.