औषधि २२ सय प्रतिशत महँगो

औषधि २२ सय प्रतिशत महँगो

अबिजाल बिष्ट /बिराटनगर

बजारमा पाइने औषधिमा उपभोक्ताले  उपभोक्ताले औषधिको वास्तविक मूल्यभन्दा ४ सयदेखि २२ सय प्रतिशतसम्म बढी रकम तिर्नुपरेको  छ । केही औषधिमा भने पाँच हजार प्रतिशतसम्म बढी रकम असुल गरेको पनि भेटिएको छ ।
बजार मूल्यबारे स्वदेशी तथा विदेशी उद्योग, आयातकर्ता, उत्पादक र विदेशस्थित औषधि खरिद गर्ने सरकारी निकायसँग विभिन्न माध्यममार्फत मूल्य सूची लिएर मन्त्रालयले अध्ययन रिपोर्ट तयार पारेको हो । उक्त अध्ययन स्वास्थ्य मन्त्रालयको औषधि व्यवस्थापन हेर्ने निकायले भारतका विभिन्न प्रान्तमा गई उद्योग, आयातकर्ता र त्यहाँको सरकारसँग लिएको हो । ‘नेपालमै औषधिको कारोबार गरिरहेका आयातकर्ताहरूसँग मन्त्रालयको टोलीले अनौपचारिक रूपमा लिइएको सूचना पनि यो अध्ययनमा समावेश छ,’ स्वास्थ्यमन्त्री गगन थापाले भने, ‘भन्सारबाट पनि मूल्य पत्ता लगाउने प्रयास गरियो । तर नआएपछि अनौपचारिक र सम्बन्धित उद्योगबाट सूचना लिएर अध्ययन पूरा गरिएको हो ।’ अध्ययनअनुसार न्यूनतम एक सय रुपैयाँ पर्ने औषधिलाई ४ सयदेखि २२ सय रुपैयाँसम्म असुल गर्ने गरिएको छ ।

खरिद गर्दा कुन निकायले गर्ने ? कोसँग खरिद गर्ने ? भन्ने विषयमा उक्त अध्ययन समितिले निष्कर्ष निकाल्नुपर्ने उनले बताए । ‘यस्तो महत्त्वपूर्ण खरिद प्रक्रिया हचुवाका भरमा तत्कालै गरिहाल्ने पक्षमा हामी छैनौं,’ थापाले भने, ‘त्यसका लागि एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति मन्त्रिपरिषद् बैठकबाट गठन भएको हो ।’

आयातित औषधिको मूल्यबारे बढी अध्ययन गरिसके पनि नेपाली औषधिको मूल्यमा कम गर्न सकिने निष्कर्ष मन्त्रालयको छ । ‘नेपाली औषधिहरूमा पनि उपहार राख्ने, स्किमहरू दिने गरिएको छ,’ उनले भने, ‘यसले यहाँ निकै महँगो मूल्य निर्धारण गरिएको अनुमान गर्न सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.