रक्षाबन्धनमा राखीको नाममा लूट-रु १५ को राखी रु ८० मा बेच्छन् व्यापारीहरु

रक्षाबन्धनमा राखीको नाममा लूट-रु १५ को राखी रु ८० मा बेच्छन् व्यापारीहरु

बिराटनगर । श्रावण शुक्ल पूणिमाको दिनमा मनाइने रक्षाबन्धनको अवसरमा व्यापारीहरुले ठाउँ–ठाउँमा स्टल राखेर ‘राखी’ बेच्न थालेका छन् । व्यापारीहरुले ‘राखी’ को मुल्य निर्धारणमा मनमानी गरेको भेटिएको छ । रु १५ मा होलसेलबाट किनेको राखी स्टलमा रु ८० मा बेच्छन् यी व्यापारी कहलाउँदाहरुले । vlcsnap-2019-08-14-19h12m27s871
हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने तथा विधिवत् रुपमा ऋषितर्पनी र रक्षाबन्धन धुमधामसँग मनाउने चलन छ । उक्त दिनमा नेपाललगायत अरु हिन्दु धर्मावलम्बी भएको देशमा दिदीबहिनीहरुले दाजुभाईहरुको हातमा ‘राखी’ बाँध्ने परम्परा छ भने ‘क्वाँटी’ खाने चलन पनि छ । रातो, पहेंलो रंगको डोरा विधिपूर्वक बाँधेपछि रोग व्याध नलाग्ने, सुख शान्ति मिल्ने मान्यता छ ।
रक्षाबन्धन जस्तो पावन अवसरमा पनि व्यापारीहरुले लोभ लालच छोडेका भने छैनन् । यी व्यापारीहरुले मौकाको फाइदा उठाएर राखीको नाममा मनमानी पैसा ग्राहकहरुसंग लिइरहेका छन् । राखी खरिद गर्न आएका ग्राहकहरुले गुनासो गरेका छन् । ग्राहकहरुको गुनासो सुनेर हाम्रा संवाददाताले व्यापारीहरुको स्टलमा गएर राखीको बिल माग्दा एउटै व्यापारीसंग पनि बिल नभएको देखिएको छ । होलसेलबाट किनेको राखीको बिल माग्दा घडि बिल छैन भन्छन् भने घडि बिल घरमा छ भन्छन् बिराटनगरका व्यापारीहरुले । यसरी नै यहाँका व्यापारीहरुले ग्राहकहरुलाई लुट्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.