युवा पुस्तामा पठन संस्कृति हराउँदा पुस्तकालय ओझेलमा पर्दै

युवा पुस्तामा पठन संस्कृति हराउँदा पुस्तकालय ओझेलमा पर्दै

मोहन ढकाल, विराटनगर, २६ माघ । विराटनगर १० का सारदा नन्द दास ८१ वर्ष पुग्नुभयो । तर उहाँमा अझै पुस्तक मोह देखिन्छ । प्राय दैनिक जसो उहाँ पुस्तकालयमा आएर पुस्तक, पत्रपत्रिका पढ्ने गर्नुभएको छ । अहिले प्रविधिले मारेको फड्को सँगै पुस्तकालयलाई पनि परिमार्जित गर्दै लानुपर्ने उहाँको भनाई छ । जसले गर्दा अहिलेको युवा पुस्ताले पनि पुस्तकालयमा गएर पुस्तक पढ्ने वातावरण बन्न सक्छ । पछिल्लो समय पुस्तकालय ओझेलमा पर्न थालेका छन् । पुस्तक पढ्ने, लेख रचना पढ्ने युवाको संख्यामा दिनानुदिन कमि हुदै गएपछि पुस्तकालयको अस्तित्व नै खतरामा पर्ने अवस्था आएको छ । विराटनगरमा रहेका हरेक पुस्तकालयमा दैनिक पुस्तक पढ्न, लेख रचना पढ्न आउने व्यक्ति पनि आजभोलि आउन छाडेका छन् ।img_20200206_151657

विराटनगरमा मात्रै दर्जन भन्दा वढि सामुदायिक पुस्तकालय छन् । सबै पुस्तकालयको अवस्था नाजुक हुदैँ गईरहेको छ । युवा पुस्ताले पुस्तक पढ्न भन्दा सामाजिक सञ्जालमा बढि समय बिताउने गरेका छन । त्यसैले अहिलेको युवा पुस्तामा पठन संस्कृति हराउँदै गइरहेको विद्यार्थी विनोद दाहालले बताउनुभयो । पुरानो पुस्तामा पुस्तकहरु किनेर पढ्ने संस्कृति थियो । तर यो हराउदै गइरहेको छ । अहिलेको युवा पुस्ता कितावी ज्ञान भन्दा प्रविधिमा बढि रमाउने गरेको कारण पुस्तक पढ्ने संस्कृति वसाउन युवाहरुमा जनचेतना जगाउनुपर्ने उहाँको भनाई छ । त्यस्तै पुस्तकहरु पनि समय सापेक्ष, ज्ञानबर्दक हुनुपर्ने दाहालले बताउनुभयो । पुस्तकालयमा मनोसामाजिक, सामाजिक, बालपत्रिका, युवा लक्षित पत्रिकाहरु समावेश गरेर युवाको पहुँचमा पु¥याउनुपर्ने उहाँको सुझाव छ । प्रविधिको विकास सँगसँगै पुस्तकालयमा ई–लाइब्रेरीको व्यवस्था गर्नुपर्ने जस्ले गर्दा युवाहरु पुस्तकालयप्रति आकर्षित हुने दाहालको भनाई छ । तर यसलाई युवा पुस्ताले सहि सदुपयोग गर्नुपर्ने उँहाको सुझाव छ । यसो नगरेमा पुस्तकालय झन धरासयि वन्दै जाने उहाँको भनाई छ ।

२०२६ फागुन ७ गते स्थापना भएको विराटनगर वरगाछिमा रहेको गुराँस पुस्तकालय दैनिक विहान साढे सात देखि साढे नौँ वजे सम्म र वेलुका ४ वजे देखि ६ वजे सम्म खुल्ला हुने गर्छ । पुस्तकालय दिनहुँ खुला त हुन्छ तर खालि हुने गरेको छ । उक्त पुस्तकालयमामा पहिला दिनँहु १०० जना सम्म पुस्तक पढ्न आउने गर्थे । तर आजभोली १५÷२० जना पनि आउन छाडेका छन । गुरासँ पुस्तकालयले घरमा लगेर पनि पुस्तक पढ्ने व्यवस्था गरेको छ । तर खासै घर लगेर पुस्तक पढ्नेको संख्या देखिदैन । युवा पुस्तामा पुस्तक पढ्नुपर्छ भन्ने भावना हराउदै जानु र केहि वर्ष अघिसम्म पुस्तकालयमा आएर पुस्तक पढ्ने अग्रजहरुले पनि आजभोली पुस्तकालयमा पुस्तक पढ्न छाडेर चिया पसलमा लामो समय गफ गरेर समय विताउने गरेको गुरास पुस्तकालयका कोषाध्यक्ष रोहितकुमार रायले बताउनुभयो । screenshot-91जसले गर्दा युवा पुस्तालाई पनि पुस्तकालयको महत्व बुझाउन सकिएको छैन । युवा पुस्तालाई पुस्तकालयमा आएर पुस्तक पढ्न प्रेरित गर्न विराटनगर भित्र रहेका सबै पुस्तकालय विच समन्वय गरेर सचेतना कार्यक्रम गर्ने र युवा पुस्तालाई पुस्तकालयभित्र पढ्ने वाततावरण बनाइदिनुपर्ने, युवा वर्गलाई प्रेरणा दिनुपर्ने, सुचना प्रकाशन गर्नुपर्ने जस्ता कुराले गर्दा युवाहरुले पुस्तक पढ्ने वातावरण बन्ने रायको भनाई छ । पुस्तकालयलाई प्रविधियुक्त बनाउन स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले पनि विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

त्यस्तै वि.स. २०१६ सालमा स्थापना भएको विराटनगरको देवकोटा चोकमा रहेको देवकोटा पुस्तकालयमा पनि दैनिक पुस्तक पढ्न आउने व्यक्तिमा कमि आएको छ । देवाकोटा पुस्तकालयमा केहि वर्ष अगाडि दिनँहु ५०÷६० जना पुस्तक पढ्न आउने गर्थे भने अहिले १०÷१५ जनाको हाराहारीमा पनि आउन मुस्किल पर्छ । प्रविधिको माध्यम व्यापक भएकाले अहिलेको युवा पुस्ता पुस्तकालयमा आएर पुस्तक पढ्न छाडेको देवकोटा पुस्तकालयका कर्मचारिका बलराम खड्काले बताउनुभयो । प्रविधिको विकाससँगै आफ्नो अनुकुल समयमा आफुलाई हेर्न, पढ्न मन लागेको कुरा खोज्न सक्ने अवस्था छ । त्यसैले पनि पछिल्लो समय युवाहरूमा पुस्तकालयमा गएर पुस्तक पढ्ने बानी हराएको छ । प्रविधिको विकास सँगै युवा पुस्ता मात्र हैन अघिल्लो पुस्ता पनि पुस्तकालयमा जान छाडेका छन् । यसले पठन संस्कृती हराउँदै जाने अवस्य देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.