प्राज्ञिक विद्यार्थी परिषद्को दोस्रो सगरमाथा प्रदेश अधिवेशन सम्पन्न

प्राज्ञिक विद्यार्थी परिषद्को दोस्रो सगरमाथा प्रदेश अधिवेशन सम्पन्न

सुनसरी । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशकोे दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएकोे छ । सुनसरीको इटहरीमा शुक्रबारबाट शुरु भएको अधिवेशन शनिवार सम्पन्न भएको हो ।

अधिवेशनमा परिषद्को बिचार र लक्ष्य, २५ वर्ष पुगेको उपलक्ष्यमा परिषद्ले प्राप्त गरेका उपलब्धि, राष्ट्र निर्माणमा युवाको भूमिका लगायत विषयमा चर्चा गरिएको छ । यसैगरी समसामयीक विषयको प्रस्ताव प्रस्तुत गरि सहभागिबाट सुझाव संकलन गरेर पारित गरेको छ ।

यस्तै क्याम्पस कार्य एवं रचनात्मक गतिविधि, देशको वर्तमान अवस्था साथै परिषद्को आगामी गतिविधि एवं योजना तयार गर्दै सगरमाथा प्रदेशको नयाँ कार्याकारिणी घोषणा गर्दै दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएको परिषद्का प्रदेश मिडिया प्रमुख मोहन ढकालले जानकारी दिए ।

उद्घाटन सत्रमा परिषद्का सगरमाथा प्रदेश अध्यक्ष चिन्तामणी बस्नेत, उपाध्यक्ष प्रेम कार्की, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सह–संगठन सचिव रमेश कण्डेल, राष्ट्रिय सचिव जिवन निरौला, लुम्बिनी प्रदेश संगठन सचिव बाबुराम मरासिनी, सगरमाथा प्रदेश संगठन सचिव राधेश्याम सेन्चुरी, अखिल भारतीय विद्यार्थी परिषद् पटनाका राष्ट्रिय सह–संगठन मन्त्रीश्री निवास, पुर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डिन डा. विजु कुमार थपलिया, कस्तुरी कलेज इटहरीका प्राचार्य प्रेम प्रसाद न्यौपाने, मोडेल प्रिपेटोरी माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्ता थापा,पूर्व कर्मचारी संघ सुनसरी जिल्लाका अध्यक्ष होम बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशन अवधिमा विभिन्न क्षेत्रका व्यक्तिहरुले विभिन्न विषयमा जानकारी गराएका थिए । अधिवेशनमा सगरमाथा प्रदेशबाट १ सय बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.