पूर्बि कमाण्ड अन्तर्गत जनपत्रकार संगठनले भन्यो पत्रकार थपलियाको स–सम्मान रिहाई

पूर्बि कमाण्ड अन्तर्गत जनपत्रकार संगठनले भन्यो पत्रकार थपलियाको स–सम्मान रिहाई

बिराटनगर । नेपाल पत्रकार महासंघका सदस्य, जलजला मासिकका सम्पादक, लेखक तथा संस्कृतिकर्मी खेम थपलियालाई साउन २५ गतेका दिन काठमाडौंको बागबजारबाट प्रहरीले पक्राउ गरेको छ ।
थपलिया नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव पनि हुन् । उक्त संघका अध्यक्ष माइला लामा पक्राउ परेपछि संघका तर्फबाट सरकार विरुद्ध विज्ञप्ती जारी गरेका थिए । प्रहरीले उनको कार्यालयमा भएको कागजात र कम्प्यूटर पनि जफत गरेको छ ।
गिरफ्तार गरिएका पत्रकार तथा लेखकलाई बिना शर्त तत्काल रिहाइ गर्न जनपत्रकार संगठन नेपालले माग गरेको छ । मानवअधिकार र प्रेस स्वतन्त्रता विरुद्ध सरकारको गतिविधि दिन प्रतिदिन बढ्दै गएको संगठनको गुनासो छ । संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले प्रेस विज्ञप्ती जारी गरेर पत्रकार थपलियाको स–सम्मान रिहाइको माग गरेका छन् । यसै गरी पूर्बि कमाण्ड अन्तर्गत जनपत्रकार संगठनले समेत रिहाईको माग गर्दे यस्ता प्रेश स्वतन्त्र माथि हस्तक्षेप नगर्न समेत सरकारको ध्यानार्कषण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.