निर्भाना पाउरोटीमा साङले किरा, स्वास्थ्यमा हेलचक्राई

निर्भाना पाउरोटीमा साङले किरा, स्वास्थ्यमा हेलचक्राई

ऋषिता देव, बिराटनगर । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरले पाउरोटीभित्र मरेको साङ्लो भेटिएको विषयमा अनुशन्धान शुरु गरी निरभाना पाउरोटी उद्योगलाई बन्द गरेको छ ।
यही साउन १४ गते बिराटनगर ११, जनपथ टोलमा बस्ने कमला अग्रवालले घरमा खाजा खान भनेर ल्याएको पाउरोटीमा मरेको साङ्ला भेटिएको थियो । गुद्रीस्थित यागेस किराना पसलबाट किनिएको उक्र पाउरोटी निरभाना पाउराउटी उद्योगको हो भनेर थाहा पाए पछि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको टोलीले उद्योगलाई बन्द गराएको हो ।
साथै उद्योगले उत्पादन गरेको १ सय ५० किलो पाउरोटी गुणस्तर नभएको पाए पछि जफत गरिएको छ । जफत गरिएको पाउरोटी परिक्षणको लागि प्रयोगशालामा राखिएको छ । प्रयोगशालाबाट प्रतिवेदन आएपछि मात्र उद्योगलाई कुन प्रक्रियाबाट कारवाही गर्ने भन्ने बारेमा निर्णय लिइनेछ ।
निरभाना पाउरोटी उद्योग विगत ९ वर्षदेखि नारायण थापाले सञ्चालन गर्दै आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.