के सुरुक्षित छ त न्युरो अस्पताल ? सबैको पिसीआर टेष्ट खोई ?

के सुरुक्षित छ त न्युरो अस्पताल ? सबैको पिसीआर टेष्ट खोई ?

बिराटनगर । विराटनगरको न्यूरो अस्पतालमा कार्यरत एक चिकित्सकलाई कोरोना पोजेटिभ देखिए पनि पुरै अस्पताललाई सिल गरिएको छैन् ।
यस अस्पतालमा काम गर्ने चिक्तिसक, स्वास्थ्यकर्मीहरु, नर्सहरु के शुरुक्षित छन् त ? तसर्थ सबैको पिसिआर परिक्षण गरेर मात्र अस्पताललाई सानिटाईजर गर्न तर्फ किन लागेन महानगर स्वास्थ्यशाखा भन्ने प्रश्न उठेको छ ? अस्पतालको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष मात्र सिल गरिएको छ । नाम मात्रको सिल गरिएको अबस्थामा अन्य बिरामीहरुलाई संक्रमण नहोला भन्न सकिन्छ र ? बिराटनगर महानगरपालिकाले केही दिन अगाडि बिराटनगरको बिराट नर्सिगं होमलाई पुरैलाई सिल गरेर सबैको पिसिआर टेष्ट गरेको छ । यो राम्रो कामको थालनी भयो । त्यहा अन्य ६ जना पनि कोरोना पोजेटीभ देखियो । अस्पतालबाट नै समुदाय सम्म जाने यो भाईरस हो । किन महानगरपालिकाले न्युरो अस्पतालमा सुरक्षित उपाय तर्फ ध्यान दिएन ? बिराटनगरबासी जान्न चाहन्छन् ? संक्रमित चिकित्सकलाई शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ पठाइएको छ । ति डाक्टरले अन्य बिरामी हेरेनन् र ? अन्य कर्मचारी संग गफ गरेनन् र ? ती डाक्टरले प्रशासन संग मात्र बिहीबार गफ गरेको भन्ने कुरा समेत आएको छ । बिरामी हेर्न राउण्ड गरेका छन् । एक्लेै ले त बिरामी जाँचेनन् होला ? तसर्थ बिराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले यस तर्फ किन ध्यान दिएन् । सञ्चारकर्मी साथीहरुले सोधे पछि मात्र इमेरजेन्सी सिल गर्न कार्की लागे । अरुको टेष्ट पछिको परिणाम पोजेटिभ आएमा यसको जिम्मेबारी महाशाखा प्रमुख कार्की हुने कि नहुने ? डाक्टर संग सम्पर्कमा आएका कर्मचारीलाई क्वारेन्टाइनमा बस्न मात्र लगाउने गैहजिम्मेबार काम गर्न कसले उकास्यो महाशाखा प्रमुख कार्कीलाई ?
न्यूरो अस्पताल विराटनगरका निर्देशक राजेश भट्टराईले संक्रमित चिकित्सकले काम गरेको इमरजेन्सी कक्ष मात्र सिल गरिएको तर अरुहरुको पिसीआर टेष्ट गर्न नभनिएको बताएका छन् । तर संक्रमित चिकित्सकको सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.