Live
| बुधबार, चैत १९, २०८२
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य

अवैध सामान बरामद

Nov 4, 2018 7:12 AM
अवैध सामान बरामद
पबित्रा संगम, झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थित बिभिन्न स्थानबाट प्रहरीले शनिबार ३५ हजार ६० रुपैयाँ मूल्य बराबरको अवैध सामान बारामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा १०० कि.लो. हरियो मटर, १२५ कि.लो. मकै र ८० कि.लो. सुख्खा सुपारी त्यसैगरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको सर्ट-१५० पिस, पेन्टको कपडा-१ रोल, साडी-२ पिस, तौलिया-४ पिस, कुर्था सुरुवाल-२ पिस, तन्नाह-२ पिस, पटका- नागिन-३१ प्याकेट, चक्र-२९ पिस, झिरझिरे-१० प्याकेट, पेन्टा पटाका-५ पिस, फुलझरी-१० पिस र जगमग -९६ पिस बरामद गरेको थियो । बरामद सामान आजै मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाईने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
Dhoni Sabuun

Related Articles

Birat Cancer Hospital