Live
| बुधबार, चैत १९, २०८२
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य

रिलाईन्स पेन्ट्सले दक्ष मिस्त्रीहरुलाई लोगो अंकित सामाग्रीहरु बितरण

Oct 9, 2021 9:41 AM
रिलाईन्स पेन्ट्सले दक्ष मिस्त्रीहरुलाई लोगो अंकित सामाग्रीहरु बितरण
बिराटनगर । रिलाईन्स पेन्टस् इन्डष्ट्र्रिज प्रा.लि. पूर्बि मार्केटिगं क्षेत्रले बिराटनगर स्थित हर्ष हार्डवेयर मुनाल पथमा रहेको सभाहलमा रंग रोगन गर्ने दक्ष मिस्त्री तथा सहयोगहरुलाई दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगर बजार क्षेत्रमा काम गरिरहेका दक्ष रंग मिस्त्रीहरु, श्रमिक तथा मार्केटिगं सहकर्मीहरुलाई प्याकेज उपलब्ध गराई बडादशैको शुभकामना आदान प्रदान भएको प्रमुख रंग मिस्त्री राम चौधरीले बताएका छन् । हामी खुशी छौ बेला बेलामा हामीलाई यस कम्पनीले टिसर्ट,244555467_2009280199231220_4723369017105718082_n तालिम तथा समस्या परेको बेलामा सहयोग समेत गर्दछ तसर्थ ग्राहकहरुलाई यही रिलाईन्स रंग नै प्रयोग गर्न हामी मिस्त्रीहरुले घरधनीहरुलाई सल्लाह दिने गरेको दक्ष रंग मिस्त्री राम चौधरीले बताएका छन् । प्रदेश १ क्षेत्रको करिब ७० प्रतिशत बजार आफनो कब्जामा लिने रणनिति साथ अघि बढेको रिलाईन्स पेन्टस्का बिभिन्न ब्राण्डका रंगहरु अरु रंग भन्दा गुणस्तर भएको र सबैको रोजाई समेत भएको पुर्बि सिनियर मार्केटिगं म्यानेजर सुधिर कर्णले बताए । ३ प्रकार भित्री प्लाष्टिगं पेन्टस् तथा ४ प्रकार बाहिरी रंग इमलसन बिभिन्न क्यालिटीमा भएको र सबैको घर घरमा रोजाई रहेको हुनाले कम्पनीले १५ प्रकार भन्दा बढी ब्राण्ड उत्पादन गरिरहेको समेत म्यानेजर कर्णले बताए । प्रदेश १ कै आधिकारीक बिक्रेता घरान रोड मुनाल पथमा रहेको हर्ष हार्डवेयरबाट सबै सब डिलरले यहांबाट नै रिलाईन्स पेन्टस् खरिद गर्न सकिने गरी ब्यबस्था मिलाएको कर्णले बताएका छन् । आफना ग्राहकहरुलाई दशै तिहार बम्पर उपहार योजना ल्याएको हुनाले यो मौका लिन सबै रंग लगाउनु हुने घरधनीहरुलाई आग्रह गर्दे सबै घरमा रिलाईन्स पेन्टस् नै प्रयोग गर्न म्यानेजर कर्णले आग्रह समेत गरेका छन् । रंगको ब्राण्ड अनुसार बार्षिक ग्यारेन्टी समेत रहेको छ । सो अबसरमा लोगो अंकित टिसर्ट तथा आर्कषक पुरस्कार समेत बितरण गरिएको हर्ष हार्डवेयरका सन्चालक उमेश अग्रवालले जानकारी गराए ।
Dhoni Sabuun

Related Articles

Birat Cancer Hospital