राजनीति, समाचार, समाज
काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा मतदानस्थल निर्धारण भएको छ । निर्वाचन आयोगले बिहीबारसम्म विवरण पठाइसक्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो । ६४ वटा जिल्लाले मतदानस्थल निर्धारणको विवरण पठाए पनि मतदान केन्द्रबारे भने अझै टुंगो लागेको छैन । आयोगले गाउँपालिका र नगरपालिकाको वडामा रहेका मतदाता नामावलीको अन्तिम टुंगो लगाउन बाँकी रहेकाले मतदान […]
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र कार्यविधि बनाएको छ । बिहीबार बसेको स्थायी समिति बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाहरूमा पार्टीका तर्फबाट छनोट गरिने उम्मेदवारहरूका लागि सातबुँदे मापदण्ड र तीनबुँदे कार्यविधि बनाएको हो । अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा बसेको बैठकले केन्द्रको प्रत्यक्ष निर्देशनमा स्थानीय राजनीतिक शक्ति […]
काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको छ । विभागले आगामी वैशाखदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाअन्तर्गतका स्थानीय तहमा अनलाइनमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धबिच्छेद दर्ता गर्ने भएको विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले जानकारी गराए । सर्वसाधारणले अनलाइनमा रहेको फाराम भरेर सम्बन्धित नगरपालिकामा पठाएपछि प्रमाणपत्र मात्र लिन […]
विराटनगर । नेपाली कांग्रेस ५ नम्बर क्षेत्रीय समितिले घरदैलो अभियान शुरु गरेको छ। बिहिबारबाट शुरु भएको घरदैलो अभियान क्षेत्र नम्बर ५ अन्तर्गत पोखरिया, बुधनगर, मझारे, सिसवनी जहदा लगायतका स्थानमा भएको हो । विराटनगरका सबै वडालाइ लक्षित गरि भएको घरदैलो अभियानमा सांसद अमृत अर्याल सहभागी हुनुभएको थियो । सांसद अर्यालले स्थानीय तहको निर्वाचनका विषयमा जनताले बढी […]
विराटनगर । एमालेका मोरङ अध्यक्ष बिनोद ढकालले आफु स्थानीय निकायको मेयर नउठने घोषणा गर्नुभएको छ । नेकपा एमाले मोरङले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले मेयर नउठ्ने बताउनुभएको हो । अध्यक्ष ढकालले आफु हालै पार्टीेको जिल्ला नेतृत्वको जिम्मेवारी पाएकाले आफ्नो प्रमुख दायित्व पार्टीलाई स्थानीय तहको चुनावका लागि प्राथमिकताका साथ अघि बढाउनु रहेको बताउनुभयो । […]
कांग्रेस नेता डा. शेखर कोइरालाले समूदायलाई पार्टीगत रुपमा अघि बढाउन नहुने बताउनुभएको छ । बिराटनगरमा आयोजित थारु कल्याण कारिणी सभा मोरङको भवन निर्माण योजना सार्वजनिकिकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। विभिन्न समूदायलाई पार्टीगत रुपमा छुट्याउने प्रबृतिले समूदायको समग्र उन्नती र विकासमा अषर पुग्ने उहाँको भनाइ थियो । राज्यको सबै अंगमा थारु समुदायको प्रतिनिधित्वका लागि थारु […]
काठमाडौं । सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा बढुवा गर्ने सरकारी निर्णयलाई बदर गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले मंगलबार चन्दलाई आईजीपीमा बढुवा गर्ने निर्णय बदर भएको फैसला सुनाएको हो । कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा भएकालाई छाडेर चौथो नम्बरमा रहेकालाई बढुवा गर्नु निर्णयकर्ताको स्वेच्छाचारिता प्रमाणित भएको सर्वाच्चको फैसला सुनाउँदै प्रहरी नियमावली […]
विराटनगर । आउँदो स्थानीय निर्वाचनमा विराटनगरको मेयरका लागि कसलाई घोषणा गर्ने भन्ने बिवाद बिभिन्न पार्टी भित्र चर्को रुपमा चलिरहेको छ। विराटनगरको मेयरका लागि नेपाली कांग्रेसबाट भिम पराजुली, नागेश कोइराला, फूलकुमार लालवानी, मनोज वस्नेत, विश्वनाथ रिजाल लगायतको नाम चर्चामा रहेको छ । उपमेयरमा विन्दिया कार्की, सुनिता घिमिरे, रीता पोखरेलको नाम छ । एमालेबाट महेश रेग्मी, विनोद […]
विराटनगर । मोरङ व्यापार संघको ६२औं साधारण सभाले आगामी बैशाख भित्रै नयाँ नेतृत्व चयन गर्ने भएको छ। गत असारमै सकिएको पवन कुमार सारडाको नेतृत्वको कार्यकारी समितिले नयाँ नेतृत्व चयनसँगै कार्यभार हस्तान्तरण गर्नुपर्ने छ। बढीमा छ महिनामात्र कार्यभार थप गर्न सकिने प्रावधान रहेकाले दुइ महिना देखि कार्यसमिति विधानविपरीत सञ्चालनमा छ । आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष […]
काठमाडौं । सवारी–साधन अनुमतिपत्र लिनका लागि लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ । यातायात व्यवस्था विभागले लिखितमा धेरै मानिस अनुत्तीर्ण भएको जनगुनासो बढेपछि कुल २० वस्तुगतमध्ये १० प्रश्न मिलाउने व्यक्तिलाई सवारी–साधन अनुमतिपत्रको परीक्षण दिन पाउने व्यवस्था शुक्रबारदेखि गरेको हो । यसबाट लिखित परीक्षामा धेरै परीक्षार्थी उत्तीर्ण हुने विश्वास विभागले गरेको छ । […]