बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रिपरिषद विस्तार गरे सगै मन्त्रि भएका हरुलाई प्रदेश प्रमुखले शपथ खुवाएका छन् ।
आफ्नो सरकार नढल्ने पक्का भएपछि मुख्यमन्त्री राईले अर्थमन्त्रीमा टंक आङबुहाङ र सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका हुन् ।
त्यस्तै, हाल राज्यमन्त्री रहेका अम्बीरबाबु गुरुङलाई भौतिक पूर्वाधारमन्त्री र राम रानालाई कृषिमन्त्रीको जिम्मेवारी दिएको बताइएको छ ।
आङबुहाङ माओवादीबाट एमालेमा प्रवेश गरेका हुन भने राई नेपाल समूहबाट ओली समूहमा फर्किएकी हुन् । त्यस्तै उदयपुरकी कला घले र मोरङका राजकुमार ओझालाई राज्यमन्त्री भएका छन् । राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराएका हुन् ।