बिराटनगर । प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन स्थगित भएको छ । अगामी चौथो बैठक यही चैत २ गते बस्ने भनिएकोमा अर्र्काे सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको हो ।
प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचना पत्रमा विशेष कारणले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ । यसअघि गत फागुन १९ गते प्रकाशित सूचनामा सोमबार अपराह्न १२ः३० बजे बैठक बस्ने भनिएको थियो । सर्बोच्च अदालतले नेकपालाई पुरानो आफनो आफनो पार्टीमा रहेर काम गर्न सकिने आदेश जारी गरेपछि सत्ता समिकरणमा समस्या आएको हो । धेरै पुर्ब माओबादी केन्द्रका प्रदेश सांसदहरु एमाले तर्फ फर्कन थालेपछि प्रदेश १ को सरकार समेत मजबुद देखिन थालेको छ ।