विराटनगर । नेपाल पत्रकार महासंघ मोरङको १३ औं साधारणसभामा विराटनगरका पाँच जना पत्रकार पुरस्कृत भएका छन् ।

उद्घोष दैनिकमा कार्यरत पत्रकार बाबुराम भण्डारी, मकालु टेलिभिजनमा कार्यरत पत्रकार पदम सरदार, हाम्रोमत दैनिकका प्रधानसम्पदक विवेक गौतम, गोरखापत्र दैनिकका सम्वाददाता हरिप्रसाद कोइराला र मकालु टेलिभिजनका सम्पादक कमल पौडेल पुरस्कृत  भएका छन् ।

उद्घोष दैनिकमा कार्यरत पत्रकार बाबुराम भण्डारी र मकालु टेलिभिजनमा कार्यरत पत्रकार पदम सरदारलाई १५ हजार राशीको नगर विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
हाम्रोमत दैनिकका प्रधानसम्पदक विवेक गौतम र गोरखापत्र दैनिकका सम्वाददाता हरिप्रसाद कोइरालालाई २१ हजार राशीको प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
मकालु टेलिभिजनका सम्पादक कमल पौडेललाई १५ हजार राशीको पिताम्बर खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।