काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

५ हजार १ सय १० जनामा गरिएको परीक्षणमा ३ सय ७ पुरुष र २ सय ४ महिला गरी ५ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ सय जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८ सय ४७ पुगेको छ ।