विराटनगर । झापाको बिर्तामोड नगरपालिकामा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । आगो ताप्ने क्रममा २५ बर्षीया बनिता शर्माको जलेर मृत्यु भएको हो ।

आफ्नै घर अगाढी आगो तापेर बसिरहेकी शर्मा गएराती रातीे आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ उक्त स्थानमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान अधिकृत सहित खटिएको प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको छ ।