विराटनगर । साहित्यकार दिव्या गुरागाईँद्धारा लिखित “नौलो आयाम” नामक पुस्तकको विमोचन गरिएको छ । मङ्गलवार विराटनगरको पुसेट क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तकको विमोजन गरिएको हो ।

समाज परिवर्तनका लागि नौलो आवाज भन्ने भनाइलाई आत्मसाथ गर्दै उक्त पुस्तकले महिला सशक्तिकरणमा जोड दिएको छ । उक्त पुस्तकमा छोरीमाथि समाजले हेर्ने दृष्टिकोण, छोरी भएर जन्मिए पछि भोग्नुपर्ने अनेक पीडालाई बुलन्द गर्न खोजिएको छ ।

उक्त कार्यक्रममा साहित्यकार तथा नाट्यकर्मी भरत गुरागाईँ, मेरिल्यान्ड क्याम्पसका अध्यापक सन्तोष आचार्य, पुसेट व्यवस्थापन क्याम्पसकी क्याम्पस प्रमुख सोनिला शाक्य, दन्त चिकित्सक डा. मिरा आचार्य, नेकपा प्रदेश कमिटी सदस्य शुसिला घिमिरे, व्युटिसियन रक्तिम जोशी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको संचालन समुन्द्र कार्कीले गरेका थिए ।