हेर्दा सानो झिंगा प्रजातिको लगनशील हुन्छ मौरी ।
गर्दछ जम्मा घुमेर फूलबारी रस झिक्ने नानाथरी ।
खोजेर घार लगाउने छन चाका गर्नेछन बचत पनि ।
सदुपयोग गर्छ समयको हेर्छ भविष्य पनि ।
बसेर खालि समय यिनले फाल्दैनन् खेर कति ।
बटुलेर मधुरस राख्ने छन जतिसक्दो भेटेको जति ।
हेर्नुस् सबैले काम यिनको मेहनत कति हो कति ।
मेलमिलाप हुन्छ यिनमा लडाइँ झगडा गर्दैनन एकरत्ति ।
मौरी मेहनती अति हुने हुदा मानिसहरूले पनि ।
यसकै कमाइ मौरी पालना ब्यबसाय खोलेका अनि ।
मौरी को कमाइ बटुलेर कतिले राम्रो आम्दानी गरे ।
मौरी बाट हरेक पाठ सिक्नु पर्ने त्यसमा पछाडि परे ।
सबै प्रणिहरु भन्दा मानिस चेतनशील पक्कै हो नि ।
पर्दैछ बिकासमा पछाडि सानो झिंगाले जति नबुझेर अनि ।
हेरौं मौरी लाई सबैले फाल्नु घमण्ड भएको जति ।
गरौं एकजुट भएर बिकास सहजै हुनेछ सोचेको जति ।
तिलक थापा
अरुण गाउँपालिका
वडा नं ७ मैदाने
भोजपुर