विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ धनकुटाका ८२ वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई ८ मंसिरमा अस्पताल भर्ना गरिएको थियो । त्यस्तै सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषकोे पनि गए राति मृत्यु भएको छ । यस्तै सुनसरीकै धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिलाको पनि गए राति मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पनि एक जनाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–६ की ७० वर्षीय वृद्धाको मृत्यु भएको हो ।