अजय मण्डल
सुनसरी, १२ असोज । सुनसरीको देवानगञ्जमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
देवानगञ्ज गाउँपालिका ३ का २२ वर्षीय उमेश मण्डलको मृत्यु भएको छ । जन्मजात मुर्छा पर्ने उनलाई मानसिक रोग समेत रहेको थियो ।
चर्पी गर्न नहर छेउमा गएका उनलाई १ घण्टा सम्म घर नआएपछि परिवारले खोजि गर्दा नहरमा घोप्टो परेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकलाइ पोस्टमार्टमका लागि इनरुवा अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय देवानगञ्जले जनाएको छ ।