विपी कोइराला, सप्तरी। सप्तरीमा मंगलबार एकै परिवारका ८ जनासहित एउटै नगरपालिकाका ११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो पटक हनुमाननगर कंकालिनी नगरपालिकाका एकै परिवारका ८ जनासहित ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । स्थिती गम्भिर हुँदै गएपछि स्थानीय प्रशासनले सप्तरीमा बुधबारदेखि थप १३ दिनका लागि निषेधाज्ञा बढाएको छ ।

कोरोना भाइरसको जोखिम कायमै रहेकाले जारी निषेधाज्ञालाई भदौ १५ गते सम्मका लागि बढाउन जिल्ला सुरक्षा समितीले मंगलबार निर्णय गरेको हो। कोरोना भाइरसको जोखिम बढेसँगै स्थानीय प्रशासनले साउन ८ गतेदेखि भदौ २ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको म्याद सकिनै लाग्दा स्थानीय प्रशासनले थप १३ दिनका लागि निषेधाज्ञा वढाउने निर्णय गरेको हो । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ का एकै परिवारका ८ तथा वडा नम्बर १, ७ र १० का एक-एक गरी ११ जनामा कोरोना पुष्टि भएको हो  ।