डा. सिके राउतको जनमत पार्टीमा तानाशाही प्रबृत्ती हाबी भएको भन्दै कार्यकर्ताहरुमा धमाधम पार्टी परित्यागको लहर चलेको छ।
सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाको भारदहमा आज जनमत पार्टी सप्तरीका दश जना नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका हुन्।
पार्टी अध्यक्ष डा राउतले पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठा प्रति कुनै चासो नदेखाएको, एक्लौटी ढङ्गबाट पार्टी सञ्चालन भएको, पार्टीभित्र एकल, तानाशाही अपारदर्शी प्रवृत्ति बढ्ेकोलगायतका आरोप लगाउँदै १० जना नेता कार्यकर्ताले सामुहिक पार्टी परित्याग गरेका हुन।ck-raut-2

तत्कालिन अवस्थामा रहेका स्वतन्त्र मधेश गठबन्धनका सप्तरी जिल्ला प्रशिक्षक तथा राष्ट्रिय परिषद सदस्य राजनारायण यादबको नेतृत्वमा कार्यकर्ताहरु देवलाल खंग, नारदमुनि मण्डल, धनराज, मण्डल, धनेश्वर खंग, तेज नारायण यादव, जय प्रकाश यादव, धर्मेन्द्र कुमार राम, युवराज यादव, राजकुमार खंग, मिन्दल कुमार मल्लाह लगायतले पार्टी परित्यागको सामुहिक घोषणा गरेका हुन। पार्टी परित्याग गर्ने सबैजना जनमत पार्टी सप्तरी जिल्ला परिषदका सदस्य रहेका छन्। कार्यक्रममा बोल्दै राजनारायण यादवले डा. सिके राउतलाई बौद्धिक आतंकवादीको संज्ञा दिनुभयो। उहाँले राउतको कार्यशैलीमा पूर्णतया तानाशाही प्रबृत्ति हावी भएको बताउनुभयो।  अब लोकतान्त्रीक पद्दतिमा मधेशको जनहितमा नयाँ राजनीतिक दल गठन गरेर अघि बढ्ने उहाँको भनाइ थियो। गत महिना सिरहाका दुई जना पूर्वजिल्ला संयोजकसहित एक दर्जनभन्दा बढी नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका थिए। यसैगरि पश्चिम नवलपरासीको परासीमा जनमत पार्टीका दोस्रो बरियातमा रहेका एक केन्द्रीय नेतासहित ७ जना सदस्यले पार्टी परित्याग गरेका थिए।