![sujan-timilsing-low](https://biratkhabar.com/wp-content/uploads/2020/06/sujan-timilsing-low.jpg)
![sanskrit-books-in-india](https://biratkhabar.com/wp-content/uploads/2020/06/Sanskrit-books-in-India-300x186.jpg)
![ssanskrit-final](https://biratkhabar.com/wp-content/uploads/2020/05/ssanskrit-final-1-300x196.jpg)
हालको विश्व पाश्चात्य मुलुक तिर ढल्किएको हुनाले मानिसहरूको रूचि अङ्ग्रेजी भाषाप्रति आकषिर्त बनेको र सूचना, सञ्चार र प्रबिधिमा पनि अङ्ग्रेजी भाषाको विश्वव्यापी प्रभाव परेको हुँदा यो भाषाप्रतिको दृष्टिकोणमा सकारात्मक सोच हुन सकेको छैन। संस्कृत भाषा युक्त ग्रन्थहरूमा सामाजिक, आर्थिक, धार्मिक, आध्यात्मिक, सांस्कृतिक, व्यवहारिक, राजनीतिक, नैतिक, चारित्रिक, वैज्ञानिक, प्राविधिक, शैक्षिक आदि सबै कुराको विषयगत ज्ञान प्राप्त हुन्छ। संस्कृत भाषाको महत्व बुझेर संसारका विकसित मुलुककाहरू युरोप अमेरिका का देशहरूका विश्व विद्यालयहरूमा संस्कृत विषयलाई पनि पठनपाठनको रुपमा समावेश गरेको पाइन्छ। वर्तमान परिप्रेक्ष्यमा संस्कृत भाषाको महत्व नबुझने व्यक्तिहरू अङ्ग्रेजी भाषाको प्रभावमा परेर संस्कृत भाषाप्रति अनास्था जगाएका छन्। संस्कृतलाई ज्ञानको स्रोतको भाषाका रूपमा नलिएर कर्मकाण्डीय भाषाका रूपमा व्याख्या गर्ने मानिसको संख्या पनि कम छैन। वास्तवमा कर्मकाण्डीय भाषा मात्र नभएर अथाह ज्ञान, विज्ञान, प्रविधिको विशिष्ट भाषा हो।
![sanskrit-in-ancient-india](https://biratkhabar.com/wp-content/uploads/2020/06/sanskrit-in-ancient-India-300x162.jpg)
संस्कृत भाषा कै अनुकरण गरेर वा प्रभावमा परेर धेरै कवि/साहित्यकारहरूले सिद्धान्त वा दर्शनको प्रतिपादन गरेका छन्। साहित्यिक, धार्मिक, आध्यात्मिक, सांस्कृतिक, राजनीतिको, आर्थिक, आदि विषय सम्वद्ध कृतिहरूको रचना गरे। जली सभ्यताबाट मानवीय सभ्यतामा परिवर्तन गर्न संस्कृत भाषाको ठूलो महत्त्व रहेको छ। नेपाली, हिन्दी,अङ्ग्रेजी उर्दु, आदि जस्ता धेरै भाषाहरूमा संस्कृत भाषा कै शब्दहरूको वर्चश्व रहेको पाइन्छ। आधुनिक भाषाहरूको विकास नहुँदासम्म संस्कृत भाषा नै मानवीय वोलचालको भाषा पनि थियो। मानवीय जीवन दर्शनको अभियानका रुपमा रहेको आज यो भाषा विश्वका चर्चित भाषाहरु मध्ये महत्वपूर्ण भाषाका रुपमा देखापर्छ। शिक्षित व्यक्तिहरूको अभिव्यक्तिमा पनि संस्कृत भाषा कै प्राधान्यता रहेको पाइन्छ । संस्कृत साहित्यमा नभएको विषय नै कहीँ छैन। मानवीय व्यवहारमा सकारात्मक सोच ल्याउनु चारित्रिक र नैतिक अवस्था सिर्जना गर्न संस्कृत वाङ्मयको ठूलो भूमिका रहेको हुन्छ।
संस्कृत भाषा नेपाल, भारतमा बोलिने अधिकांश आधुनिक भाषाहरूको जननी हो। पश्चिमी साहित्यका सर्न्दर्भमा ग्रीक र ल्याटिन भाषाभन्दा पनि पुरानो भाषा संस्कृत हो। संस्कृत भाषाबाट नै प्राकृत हुँदै नेपाल र भारतका अधिकांश आधुनिक भाषाहरू उत्पादित छन्। संस्कृत भाषाविहीन नेपाली भाषाको कुनै औचित्य देखिदैन। संस्कृत भाषा गहन अध्ययनबाट पश्चिमी मुलुकहरूले नयाँ-नयाँ कुराहरूको वैज्ञानिक आविष्कार गरे। संस्कृत भाषाले विश्वका धेरै भाषाहरूसँग पनि लेखनको प्रमुख स्रोत संस्कृत भाषालाई नै आधार बनाएका छन्। संस्कृत भाषामा चामत्कारिक स्वरूप पाइन्छ। संस्कृत भाषाको गरिमा र महत्त्व विश्वव्यापक रूपमा भए पनि वर्तमान परिप्रेक्ष्यमा राजनीतिक, सिद्धान्त र दर्शनले गर्दा यो भाषाको महत्त्वलाई राज्यले बुझन सकेको छैन।![sanskrit-on-palm-leaves](https://biratkhabar.com/wp-content/uploads/2020/06/Sanskrit-on-palm-leaves-300x203.jpg)
![sanskrit-on-palm-leaves](https://biratkhabar.com/wp-content/uploads/2020/06/Sanskrit-on-palm-leaves-300x203.jpg)
नेपाली भाषामा ६०%भन्दा बढी संस्कृत शब्दहरू तत्सम शब्द अभिव्यञ्जित भएको हुँदा त्यसको हिन्दु व्यक्ति वा वस्तुको नाम संस्कृत शब्द मै राख्दछन्। तर त्यसको अर्थ थाहा पाउँदैनन्, परिष्कृत भाषाको निर्माण संस्कृत भाषाले गराएको हुन्छ। नेपाली भाषामा लेखिएका गणित, अर्थशास्त्र, राजनीतिशास्त्र, ज्ञान, विज्ञान, जनसङ्ख्या, स्वास्थ्य, सामाजिक आदि जस्ता धेरै पाठ्यपुस्तकहरूमा संस्कृत भाषा कै वर्चस्व र
हेको हुँदा नेपाली भाषाको अध्ययनका लागि संस्कृत भाषा कै अध्ययन गर्नु आवश्यक हुन्छ। संस्कृत भाषा के हो – यसको प्रयोगको अवस्था कस्तो छ – यस भाषाका शब्दहरूको प्रयोग के-कसरी र कस्तो रूपमा भएको छ – शब्दको व्युत्पत्ति आदि जस्ता विषयमा थाहा पाउन संस्कृत भाषा कै अध्ययन गर्नु नितान्त आवश्यक हुन्छ। यसरी संस्कृत भाषाको अध्ययनको उपादेयता रहेको छ। आफ्नो धर्म, संस्कृति, ज्ञान, विज्ञान आदिको क्षेत्र विस्तार गर्ने संस्कृत भाषाको आवश्यकता छ। संस्कृत भाषाको क्षेत्र वृद्धिका लागि गुरुकुल र विद्यालयहरूको संख्या पनि बढ्दै आएको छ।
।।। जयतु संस्कृतम्।।।