सुजन तिमल्सिना

 

सेतो फेटा गुतेर त्यो, हिमाल ङिच्च हाँस्दछ।

पहाड हरियो भोटो ,लगाई नाच्न थाल्दछ।।

 

पिताम्बर लागाई त्यो ,तराई अन्न बाँड्दछ।

नेपाल देश हो मेरो ,यसैमा गर्व लाग्दँछ।।

 

भौगोलिक दृष्टिले कहिँ, सानो रूप भए पनि ।

विश्वको मुटु नै हो यो, देश नेपाल त्यैपनि।।

 

नेपालहरूको छाती, भित्रको ढुकढुकी हो।

पूर्खाको पसिनाले यो, अर्जेेको स्वच्छ देश हो ।।

 

 

मेचीदेखि महाकाली ,नाच्दछिन् प्रकृति रमि।

यो देख्दा लाग्छ ती देवले शेष केही दिन छैननी।।

 

अहिलेका यी हरेक पापी ,आफ्नोँ देश बचाँउनेे।

चुपचाप भई अर्कै, लाई आमा थमाउने।।

 

पसिना रक्त पूर्खाको, कसरी खेर जान्छ र ।

रक्षा गर्न छ यो भक्त ,हर्दम हर्पल तत्पर।।

 

बरू लड्छौ र छोड्दैनौँ,माटो एक मुठ्ठी तर ।

देशको खातिरै मर्छौ हाम्रो नेपाल सुन्दर ।।