उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।

आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ।

योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ। उदयपुरको भूल्केकी एक महिलालाई शनिबार साँझ कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश १ सरकारले जनाएको छ।

योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने उपचारपछि १४ जना निको भएका छन् । शनिबार विहान मात्र उदयपुरकै तीन जनामा कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ । संक्रमितमध्ये ३१ जना उपचारपछि निको भएका छन् ।