प्रहरी महानिरिक्षक पदका दाबेदार मध्ये वरिष्ठतका क्रममा पहिलो नम्बरमा रहेका डिआइजी नवराज सिलवाल आफैले सर्वोच्चमा रिट दायर गरेका हुन् । डीआइजी सिलवालले दर्ता गरेको रिट निवेदनमा आफू बरियताको पहिलो नम्बरमा हुँदाहुँदै रोलक्रम मिचेर तेस्रो बरियताका चन्दलाई आइजीपी नियुक्त गरिएकाले मन्त्रिपरिषदको निर्णय बदर गरी आफूलाई आइजी बनाउने आदेश जारी गरी पाउँ भन्ने माग गरिएको छ । उनले प्रहरी नियमावली २०७३ को नियम ४१ बमोजिम प्रहरी प्रमुख वनाइनुपर्ने माग दाबी लिएका छन् । उक्त नियममा बरिष्ठता, कार्यक्षमता, कार्यकुशलता, नेतृत्व क्षमतका आधारमा नेपाल प्रहरीको प्रमुख नियुक्त हुने उल्लेख छ ।
सिलवालले उक्त नियमावलीलमा उल्लेखित मापदण्डमा आफू अगाडी रहेको दाबी गरेका छन् । वरिष्ठता क्रममा उनि एक नम्बरमा छन् । रिटमा उनले मन्त्रिपरिषद्ले प्रहरी प्रमुख वनाउने भनि निर्णय गरेका जयबहादुर चन्द आफू भन्दा सवै कुराले पछि रहेको जिकिर गरेका छन् ।
साथै सिलवालले यस अघि सर्वोच्च अदालतले प्रतिपादन गरेको नजिरको उल्लंघन नुहने गरि प्रहरी प्रमुख छनौट हुनुपर्ने माग दाबी गरेका छन् । सर्वोच्च नेपाल प्रहरीका दिनकर शमशेरको मुद्दामा सुनुवाई गर्दै यस अघि बढुवा गर्दा वरिष्ठता मिच्न नपाइने सिद्धान्त प्रतिपादन गरेको थिया । सिलवालकोे रिटमाथि सोमबार नै प्रारम्भिक सुनुवाइ हुने भएको छ ।