वि.पी. कोइराला, सप्तरी २६ फागुन
भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको सप्तरीको सप्तकोशी नगरपालिकाले आफ्नै भवन बनाउन ठेक्का सम्झौता गरेको छ। भवन निर्माणमा कुल ६ करोड १३्र लाख १० हजार ९ सय ७१ रुपैयाको सम्झौता भएको हो । अर्जुन कुमार चौलागाई प्रोपाईटर भएको काठमाडौंको न्यू ड्राइगन निर्माण सेवाले सम्झौता हात पारेको हो ।

bhawan

final-news-fattepur

टेन्डरमा ३ वटा निर्माण कम्पनीले प्रस्ताव पेश गरेका थिए। नगरपालिकाले कार्यालय सञ्चालनका लागि सप्तकोशी २ स्थित मान प्रसाद लूइटेलको घर प्रति महिना १८ हजारमा प्रयोग गर्दै आएको छ। ठेक्का सम्झौताका क्रममा बोल्दै नगर अधिकृत ललन कर्णले नगर विकासको जिम्मेवारी लिएको नगरपालिकाको आफ्नो भवन नहुँनु दुखदायी भएको भन्दै आफुले पारदर्शी रुपमा भवन निर्माण कार्य सम्पन्न गर्ने दावी गर्नुभयो। नगरपालिकाको नयाँ भवन निर्माणका लागि सप्तकोशी ४ स्थित तुलसी चोकमा नाप जाँचको कार्य शुरु भइसकेको छ। ठेकेदार चौलागाईले तोकिएको अवधि २ बर्ष भित्रै पारदर्शी रुपमा भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रमका सहभागिहरुले निर्माण कार्यको अनुगमन शुरु देखि नै गर्दै जाने भन्दै अनियमितता हुन नदिन खबरदारी गरेका थिए।