आकृति रानी फुयाल

बिराटनगर ।  छोरी जन्मेपछि उनलाई  ठुलो  मान्छे  बनाउने सपना बोकेर धन  कामाउन मुग्लान पसेका सविनाको बुवा १३ बर्ष बितिसक्दा पनि फर्कीएका छैनन् । न त मान्छे आए न खबर नै । बुवा नफर्कीए पनि आमाको माया, ममतामा हुर्कदै  गरेकी सविनाको जीवनमा फेरी बज्रपात भयो ।

एउटा  मात्र साहारा आमालाई पनि दैवले हर्यो । उनि बेसहारा  बनिन् । झापा मेचिनगर ११ घर भएकी १३ बर्षीया सविना मेचेले भएको एउटा साहार आमा पनि गुमाएपछि आफै आमाको काजकिरीया गर्न बसेकि छिन् । १३ बर्ष अघि कमाउन घरबाट हिडेका श्रीमान् घर नफर्केपनि शरिरभरी रोग बोकेरै

भएपनि सबिनाकी आमा शर्मिला छोरीको सहाराका निम्ति बाचीरहेकी थिइन् । तर रोगले च्याप्तै लादा र उपचार खर्च नहुदा गएको बिहिबार उनको निधन भयो । रोगबाट ग्रसित शर्मीला मेचेको हिजो मृत्यु  भएपछि सविना आफै आमाको किरियामा बसेकी छन्  । आँखाभरि आँसु  पार्दै सविनाले भनिन् बा लाई कहिले देख्न पाइन,पैसा कमाउन भारत जानु भएको रे, आमाले पनि छोडेर जानुभयो, अब एक्लै कसरी बाच्ने होला ।’

उनिले थपिन ‘अरुकै जग्गामा यो एउटा झूप्रो छ आमाले खोलामा ढुङ्गा टिपेर गुजारा चलाउने गरेका थियौ, आमालाई पनि निको  नहुने रोग लागेपछि मैले पनि ८ कक्षा बाटै पढाई छोडेर आमालाई सघाउथेँ । शर्मिलालाई रोगले च्यापेपछी उपचार गर्ने खर्च अभावका कारण उनको मृत्यु  भएको मृतककी दिदीले बताइन् ।

मेचे समुदायमा  नै महिला काजकिरियामा बसेको यो पहिलो पटक भएको सोहि वडाका वडा अध्यक्ष सन्तोष कुमार मेचेले बताए । मेचे संस्कार अनुसार आमा,बुवाको किरिया १३ दिनसम्म छोराले गर्ने चलन रहेको थियो । परिवारमा अन्य सदस्य नभएकाले उनले आमाको काम गरेको अध्यक्ष मेचेले बताए