बिराटनगरको नोबेल शिक्षण अस्पतालमा नयाँ प्रविधिको प्रयोग गरी बिना चिरफार पित्त नलीको पथरीया ९ढुंगा० निकाल्न थालिएको छ । ईआरसीपी उपचार पद्धतिमार्फत मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिको ढुंगा मुखबाटै सहज रुपमा निकाल्न थालिएको हो । सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, विना चिरफार मुखबाट ईण्डोस्कोप छिराएर मुखबाटै ढुंगा निकाल्न थालिएपछि बिरामीहरुलाई सहज भएको छ ।
यो प्रविधिबाट नेपालमा विरलै मात्र उपचार हुने गरेको पाईन्छ । नेपालका केहि अस्पतालहरुमा मात्र प्रयोगमा रहेको यो उपचार पद्धति पूर्वी नेपालमा पहिलो पटक भित्र्याईएको नोबेल अस्पतालका डा।रोहित प्रसाद यादवको दावी छ । ‘विदेशमा यो प्रविधिबाट उपचार हुने भएपनि नेपालका लागि ईआरसीपी नयाँ पद्धति हो ।’ उनले भने ‘पूर्वी नेपालमा भने पहिलो पटक नोबेलले बिना अप्रेशन मुखबाट ढुंगा निकाल्न थालेको हो ।’