बिहीबार साँझ डडेल्धुराको रुडवा खोला नजिकै  भएको विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुदा  ८ जना  विद्यार्थी घाइते भएका छन्। घाइतेलाई सेती अञ्चल अस्पतालमा ल्याइएको छ । ती मध्ये २ जनालाई यहाँबाट नेपालगञ्ज रिफर गरिएको छ। सेती अस्पतालमा उपचारमा रहेका ६ जनाको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन्।

पिस जोन निकेतन स्कुलका प्रिन्सिपल भीमबहादुर बलायर अनुसार डिजल भर्न गाडी डडेल्धुरा ल्याएको थियो। डडेल्धुराको दह ब्यारेक नजिकको पेट्रोल पम्पमा डिजल भरेर फर्कँदा स्याउलेमा उग्रतार मेला हेरेर घर फर्कने गाँउलेहरु गाढीमा चडेका हुन्। ‘घर फर्कन साधन नपाएर बाटोमा सवारी कुरेर बसेका गाँउले यात्रुहरु हाम्रो गाडी देख्ने बित्तिकै जबरजस्ती हुल्लिए,’ उनले भने, ‘क्षमताभन्दा बढी नै थिए, यात्रुहरु।उनका अनुसार कम्तीमा ३२/३४ जना जति यात्रु थिए। छतमा भने यात्रु थिएनन्। उनले ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा परकोदाबी गरे।