FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail

बिराटनगर । प्रहरीले मंगलबार सुनसरी र मोरङबाट ३ लाख ३५ हजार ४ सय रुपैँया नगद सहित १५ जना जुवाडेलाई पक्राउ गरेको छ । सुनसरीको गढी गाउँपालिका(५ सत्तेरझोडा होलैया स्थित खेतमा तास खेली रहेको अवस्थामा प्रहरीले मंगलवार ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले तास खेलीरहेको नगद १ लाख ५६ हजार ४ सय रुपैँया, २ वटा मोटरसाईकल र ३ बुङ तास सहित ईनरुवा नगरपालिका(२ बस्ने बर्ष ३२ को दिपेन्द्र साह, बर्ष ४० को सुरेन्द्र मेहेता, बर्ष ३८ को अकबर अन्सारी, बर्ष ३८ को गुरुदेव मेहता र बर्ष २७ को दिपेश रौनियारलाई पक्राउ गरेको हो । पक्राउ परेका पाचै जनालाई जिप्रका सुनसरीमा राखि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
त्यसैगरी बुधबार राती १ बजेको समयमा मोरङ कानेपोखरी गाउँपालिका(१ स्थित कुकुर भुक्का भन्ने ठाउँबाट कौडा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले सोही स्थान बस्ने मित्र रेग्मीको घरमा जुवा ९कौडा० खेलाई रहेको अवस्थामा नगद १ लाख ८५ हजार रुपैयाँ नगद र २ सेट कौडा सहित मोरङ कानेपोखरी गाउँपालिका(१ बस्ने बर्ष ४० को मित्र रेग्मी, बर्ष ५१ को उमाकान्त कार्की, बर्ष ५२ को तोर्ण कार्की, धनपालथान गाउँपालिका( ४ बस्ने बर्ष ४७ को मोतीलाल राजबंशी, बर्ष ३१ को ओम बहादुर कटुवाल, रंगेली नगरपालिका(२ बस्ने बर्ष ४२ को जनक कार्की, बर्ष ४३ को राजु बहादुर थापा, बर्ष ४९ को राजेन्द्र शर्मा, बर्ष ४२ को बिष्णु गुरुङ र बर्ष ५२ को डेफुराम खड्कालाई पक्राउ गरिएको हो । पक्राउ परेका दश जनालाई नै जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail