बिराटनगर । नेकपा अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । अहिले उँहा बालुवाटारस्थित आफ्नो निवासमा आराम गरिरहनु भएको छ ।
प्रधानमन्त्री कार्यालयले उहाँको स्वास्थ्यस्थितिबारे आधिकारिक जानकारी गराएको छैन । यद्यपी उहाँलाई भाइरल ज्वरो र छातीको संक्रमण भएको बताइएको छ ।
शुक्रबारदेखि नै अस्वस्थ हुनुभएका प्रधानमन्त्री शनिबार आफ्नै पार्टी नेकपाले दशैं तिहार र छठको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहमा पनि उपस्थित हुन सक्नुभएन । पार्टी महासचिव विष्णु पौडेलले भाइरल संक्रमणका कारण प्रधानमन्त्री अनुपस्थित हुनुपरेको जानकारी गराउनुभएको थियो ।
Leave a Reply