बिराटनगर । कालिकोटको नरहरीनाथ गाउँपालिका–४ स्थित रामचन्द्र आधारभुत विद्यालय यहीँका एक शिक्षकको अादेशमा स्थानीयले तोडफोड गरेको खुलासा भएको छ ।

तोडफोड गर्ने स्थानीय पदमबहादुर सहकारी भने पक्राउ परेका छन् । गत बिहीबार राती विद्यालय तोडफोड भएपछि विद्यालयका प्रधानाध्यापक धनबहादुर सहकारीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानका आधारमा विद्यालय तोडफोडमा संलग्न पदमबहादुरलाई पक्राउ गरेको बताएको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार सोही विद्यालयका शिक्षक जयबहादुर सहकारीको आदेशमा स्थानीय पदमबहादुरले विद्यालय तोडफोड गरेका हुन् ।