डा. जुबिन सिलवाल युरोलोजिष्टमा पूर्वमा चलेको नाम हो । पूर्वाञ्चलमा किड्नीमा हुने पथरी, मुत्रथैली र नलीको  पथरी तथा पुरुष गुप्त रोगहरुको उपचारमा आफ्नो नाम अग्रस्थानमा ल्याउन डा. सिलवाल सफल भएका छन् । उहाँ तिनवर्ष देखि विराटनगर स्थित बिराट नर्सिंहोममा विरामीहरुको उपचारमा सक्रिय हुनुहुन्छ । विराटनगरकै नोबेल मेडिकल कलेजमा २ वर्ष काम गरि सक्नु भएकोछ । काडमाण्डौमा जन्मनु भएका डा. सिलवालको पुर्खौली घर पनौतीको खोपासी हो । उहाँले १२ कक्षा सम्म काठमाण्डौमै अध्ययन गर्नु भयो । डाक्टरी भने पोखराको मणीपाल कलेजबट गर्नु भयो । पन्जाव युनिभर्सिटी पाकिस्तान लाहोरबाट युरोलोजिष्टमा एम.एस. गर्नु भएको हो । मृगौला, मुत्रथैलीमा भएका पथरीका विरामीहरु सहि चिकित्सक सम्म पुग्न नसक्दा किड्नी(मृगौला) गुमाउन बाध्य भएका छन् । मृगौलाको पथरीको सल्यक्रिया सामान्यतया अन्य चिकित्सकहरुले पनि गर्ने गरेका छन । डा. सिलवाल यसलाई गलत भएको बताउनु हुन्छ । मृगौेला रोगीहरु सम्बन्धित युरोलोजिष्ट अध्ययन गरेका डा. सम्म नपुग्दा बिरामीहरुले किड्नी गुमाउनु परेका थुप्रै घटनाहरु छन् यसमा बिरामीहरु आफै सचेत हुनु पर्दछ । डा.सिलवालसंग पुर्वी क्षेत्रमा  मृगौला, मुत्रथैली, मुत्रनलीमा भएको अवस्था लगायतका विषयमा केन्द्रित भएर विराट खबरले गरेको कुराकानी प्रस्तुत छ ः–

१.युरोलोजिष्ट डा.हरुले कस्ता कस्ता रोगको उपचार गर्छन?
= यसमा मृगौला, पिसावथैली, पिसावनलीमा हुने पथरी त्यसैगरी प्रोस्टेट, पुरुष यौन रोग, गुप्त रोग, लिङगको समस्या उपचार गरिन्छ । त्यसैगरी एड्रीनल गल्यााण्डमा भएको समस्याहरुको पनि हामी उपचार गर्छौ । यिनै अंगहरुमा हुने रोगहरुको उपचार युरोलोजिष्टले गर्दछन् ।
२.मृगौलाको पथरी हुँदा कस्तो कस्तो लक्ष्यण देखिने गर्छ ?
= मृगौलाको पथरीमा मुख्य गरी दुखाइनै बढी हुने गर्छ । त्यसमा पेट अत्याधिक दुख्ने हुन्छ । त्यसैगरी ढाडको दुंखाइ हुन्छ, कम्मर पनि दुख्छ, पथरी तल झरेपछी पिसाव पोल्ने, पिसावमा पिप जाने जस्ता लक्ष्यण देखिन्छ ।
३.प्रोस्टेट भएको विरामीहरुले कसरी थाहा पाउन सक्छन ?
= खास गरी ५० वर्ष नागेका पुरुषहरुमा प्रोस्टेट हुने सम्भावना बढेर जान्छ । सुरुमा प्रोस्टेट भएका पुरुषहरुलाई पिसाब फेर्ने क्रममा समस्या हुन्छ । प्रोस्टेट अझै बढदै गएको अवस्थामा पिसाब रोकीने सम्म पनि हुन्छ । पिसाव फेर्न असजिलो हुन्छ । पिसाव फेरे पनि सबै ननिख्रने समस्या भएमा डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ ।
४.पुरुष गुप्त रोग भन्नाले कस्तो लाई बुझाउछ ?
= यसमा खासगरी नपुङसक, सन्तान नहुने लगायत पर्छन । त्यसै गरी विर्य उत्पादनमा कमी हुन्छ । लिङग राम्ररी सिधा नहुने लगायतका समस्या पर्दछन् ।
५ पुर्वाञ्चलका धेरै बिरामीहरु यस बिराटनर्सिङ अस्पतालमा आउने गर्दछ, यही बसेर तपाईले पूर्वाञ्चलका धेरै विरामीहरुको उपचार गरिसक्ुन भएको छ, पूर्वमा किड्नीमा हुने पथरीको समस्याको अवस्था कस्तो पाउनु भएको छ ?
= मैले उपचार गराउन आएका विरामीहरुका आधारमा पूर्वक्षेत्रमा किड्ने को समस्या धेरै पाएको छु । तराई क्षेत्र त्यो पनि गर्मीको समस्या बढी हुन्छ । गर्मीको कारणले पनि किड्ने को समस्या हुने गरेको छ । यसका साथै अन्य कारण पनि हुन्छन् । गर्मीमा शरिरबाट बढी पसिना आउने गर्छ । त्यसको अनुपातमा हाम्रो खानपानले गर्दा पनि किड्नीमा समस्या हुने गर्छ । म संग उपचार गर्न आउने मध्येमा करिव ४० प्रतिशतमा किड्नीको समस्या हुने गरेको छ । खासमा सर्वसाधारणमा किड्नीमा हुने समस्या र कसरी सुरुक्षित गर्ने भन्ने बारे चेतनाको अभाव छ । अहिले हाम्रो खानपानमा पनि धेरै परिवर्तन भएको छ । यसले पनि किड्नेको विरामी बढाउन सहयोग गरेकोछ । अहिले जङ–फुड, मसलेदार खाना, रक्सी, चिया कफि जस्ता खानाको अधिक प्रयोगले किड्नीको समस्यालाई बढाएको छ ।
६.किड्नी हुने वित्तिकै शल्यक्रिया गर्र्नै पर्छ ?
= त्यस्तो हुदैन । विरामीको अवस्था हेरेर शल्यक्रिया गर्नु पर्ने वा नगर्नु पर्ने टुङगो लगाउछौ । हामी नेपालीको बानी समय समयमा जाच गर्दैनौ । समस्या भए पछि मात्र डाक्टर काहां जान्छौ । किड्नेको अवस्था कस्तो छ । त्यसको बारेमा जानकारी समयमा लिदैनौ । बिभिन्न परिक्षण, ल्याब टेष्ट पछि मात्र शल्यक्रिया गर्ने नगर्ने टुङगोमा पुग्नु पर्छ । १० एम.एम. भन्दा कमको पथरी मृगौलामा छ भने त्यो शल्यक्रिया गर्नु पर्दैन तर बिरामीको अबस्था हेरेर कहिले काही गर्नु पर्ने पनि हुन्छ ।
७ शल्यक्रिया नगर्दा किड्नी मा असर पर्ने सम्भावना हुन्छ ?
= सही ठाउंमा इलाज हुन नसक्दा त्यस्तो हुन सक्छ । जोसुकैले पनि किड्नीकोे उपचार गर्न खोज्ने हुंदा यस्तो समस्या हुने गर्छ । किड्नेको समस्यामा युरोलोजिष्टले नै हेर्नु पर्छ । उनीहरुले यस सम्बन्धि अध्ययन र अनुभव लिएका हुन्छन । किड्नेको अवस्था हेरेर उनीहरुले शल्यक्रिया गर्नु पर्ने वा नगर्नु पर्ने टुङगो लगाउछन् र सल्लाह पनि दिन्छन् । सानो छ औषधीले नै जान्छ भनिन्छ, अनि अनेक प्रकारका होमोप्याथिक औषधी प्रयोग गर्न थाल्छौ तर कहिले काही जटील अवस्था सृजना गर्न सक्छ । जसले किड्नेनै नस्ट गराइ फेर्नु पर्ने अवस्थामा पु¥याउछ ।
८ पथरीको कारणले मात्र किड्नी(मृगौला) लाई फेलियर (काम नलाग्ने) बनाउछ ?
= पथरीको कारणले मात्र मृगौला असफल हुदैनन । यसमा अन्य कारणहरु पनि छन । ब्लड प्रेसर, सुगर लगायतको कारणले पनि मृगौला असफल हुन्छ । विरामीहरु कहिले होमियो पेथिक औषधिमा पूर्णरुपमा भर परिदीनाले पनि मृगौला असफल हुने गरेकोछ । त्यसैले यस्ता दिर्घ रोगिहरुले समय समयमा मृगौलाको परिक्षण गरिरहनु पर्छ ।
९ किड्नीमा हुने पथरीको उपचारमा कस्ता कस्ता नंया प्रविधि आएका छन्?
=पहिला पहिला चिरेर मात्र किड्नेको पथरी निकाल्न सकिन्थ्यो । अहिले त्यसको विकल्पमा नया प्रविधिहरु आएका छन् । नया प्रबिधि आउने क्रम पनि छ । अहिले विराट हस्पिटलमा पि.सि.एन.एल. प्रविधिबाट किड्नीको पथरी निकालिन्छ । यस प्रविधिमा किडनीमा सानो प्वाल पारेर निकालिन्छ । अहिले सम्म यो प्रविधिलाई सफल मानिएको छ । त्यसै गरी अन्य प्रविधिमा यू.आर.एल र लेजर प्रविधि पनि रहेका छन् ।
१०.अहिले सम्म तपाइले कति विरामीको शल्यक्रिया गरी सक्नु भयो ?
= अहिले सम्म विराट हस्पिटलमा पि.सि.एन.एल. विधीबाट १ हजार जनाको किड्नी मा हुने पथरीको शल्यक्रिया गरी सकेको छु । पिसावनलीका पथरी भएका १५ सय जना बिरामीहरुको शल्यक्रिया गरीसकेको छु । यस अस्पतालमा ५ सय जतिको प्रोस्टेटको शल्यक्रिया गरेको छु ।
११ तपाईले गरेका मध्ये जटिल शल्यक्रिया सम्झनु पर्दा कुनै त्यस्ता छन् होला?
=एक जना विरामीको मृगौलामा पुरै पथरी भरिएको थियो । त्यसको सफल शल्यक्रिया गरेका छौ । त्यस्तै अर्का एक बिरामीको पिसाब थैलिमा क्यान्सर भएको थियो । हामीले सफल रुपमा पिसाव थैली फेरेका छौ ।
१२ पूर्वमा किड्ने(मृगोैला)को खरिद विक्री कत्तिको हुने गरेको छ ?
= पूर्वमा किड्नी (मृगौला) प्रत्यारोपण नहुने भएकोले त्यसको अनुभव छैन । सम्भव नहोला पनि ।
१३ अन्तमा विरामीहरुलाई तपाईको सुझाव के होला?
= म विरामीहरुलाई यति मात्र भन्न चाहन्छु । किड्नी(मृगौला) जोगाउ र किड्नेमा पथरी छ भने यसबारे जानकारी युरोलोजिष्ट डाक्टरहरु संग सल्लाह लिएर समस्याको समाधान गर्न तिर लाग्न सल्लाह दिन्छु मेरैमा वा म संग नै आएर सल्लाह लिनु पर्छ भन्ने होइन मात्र युरोलोजिष्ट पढेका डाक्टरहरु संग मात्र जान फेरी सल्लाह दिन्छु । सही डाक्टरकोमा जाउं र पथरीको समस्यालाई हेलचेक्राइ नगरौ ।