बाम गठबन्धनले विपक्षीको दिमाग ठेगानमा छैन्- प्रचण्ड

बाम गठबन्धनले विपक्षीको दिमाग ठेगानमा छैन्- प्रचण्ड

चितवन  ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले बाम गठबन्धनले विपक्षी दलको दिमाग ठेगानमा नभएको बताउनुभएको छ ।

चितवनको भरतपुरमा आयोजित बाम गठबन्धनका अगुवा कार्यकर्ताको बैठकलाई सम्वोधन गर्दै प्रचण्डले बाम एकताले अन्र्तराष्ट्रिय रुपमा तरंग पैदा गरेको वताउनु भयो । उहांले विग्रन लागेको कांग्रेसलाई सच्चिने मौका बाम गठबन्धनले दिएको वताउनुभयो । प्रचण्डले भन्नुभयो, विपी र गणेशमान र गिरिजावावुको आदर्शलाई आत्मसाथ गरेर कांग्रेस पनि अगाडी बढे देश बन्छ ।4555

चितवन क्षेत्र न ३ प्रतिनिधी सभाका उम्मेद्वार समेत रहनुभएका प्रचण्डले सही समयमा कम्युनिष्ट एकताको प्रयास भएको भन्दै आम नागरिकमा खुशियाली छाएको र कही कतै विरोध नभएको वताउनुभयो । नेपाली जनताले जहिलेपनि कम्युनिष्ट एक हुनुपर्छ भनिरहेको उहांको भनाई छ । प्रचण्डले नेपाली मोडेलको समाजवाद निर्माण गर्न बाम एकता गरेको वताउनुभयो । उहांले समाजवादको नेपाली मोडेल विश्वव्यापी मोडेलको रुपमा विकाश हुने समेत दावी गर्नुभयो । २० औं शताव्दिका माओ र लेलिनको मोडेलले समेत काम गर्न छोडेको भन्दै नयाँ समाजवादको मोडेल नेपालवाट सुरु हुने प्रचण्डको भनाई छ । “गौतम बुद्धले शान्तिको सन्देश दिएको भूमि यही हो, प्रचण्डले भन्नुभयो,हामीले पनि यहि भूमीबाट समाजवादको नयाँ मोडेल दिन सक्छौं ।” मनोनयन दर्ताका लागी कार्तिक १५ गते चितवन आउनुभएका प्रचण्ड पाँच दिनको गृहजिल्ला वसाईपछि आजै काठमाडौं फर्कनुभएको छ । पहिलोचरणमा निर्वाचन हुने जिल्लामा बाम गठबन्धनका कार्यक्रममा सहभागी हुन भोलिदेखी एमाले अध्यक्ष ओली र प्रचण्ड विभिन्न जिल्लामा जाने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.