रंगेली मेयरको पहिलो निणर्यः– राति ८ बजेदेखि मदिराजन्य बस्तु बिक्री वितरणमा रोक

रंगेली मेयरको पहिलो निणर्यः– राति ८ बजेदेखि मदिराजन्य बस्तु बिक्री वितरणमा रोक

मोरगं । मोरगं जिल्लाको पुरानो सदरमुकाम रंगेली नगरपालिकामा निर्बाचित मेयर तथा उपमेयरको सपथ ग्रहण सम्पन्न भएको छ ।
रंगेली नगरपालिकाको ९ वटै वडाबाट निर्वा्चित प्रतिनिधिसहित मेयर दिलीप बगडिया र उपमेयर केशवकुमारी खरालले सपथ ग्रहण गरेका हुन् । नगरपालिकाको सभाहलमा निर्वाचन अधिकृत कार्यालयले आयोजित सपथग्रहण कार्यक्रममा निर्वाचन अधिकृत पुण्यप्रसाद पाठकले मेयर बगडिया, उपमेयर केशबकुमारी खरालसहित वडा अध्यक्षहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । अन्य ३६ जना वडा सदस्यहरुलाई मेयर बगडियाले सपथ ग्रहण गराएका थिए । सो अवसरमा सभासद शिवकुमार मण्डल लगायतले विजय जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । सपथ ग्रहण लगत्तै नगरपालिका अधिकृत लक्ष्मीप्रसाद रेग्मीलगायत कर्मचारीहरुले जननिर्वा्चित मेयर तथा उपमेयरसहित प्रतिनिधिहरुलाई नगरपालिकामा स्वागत गरेको छ । पदभार ग्रहण गर्दे सोमबारै बसेको पहिलो वैठकले रंगेली नगरपालिकाको गुरुयोजना बनाएर नगरको चौतर्फि विकास गर्ने, नगर प्रहरी व्यवस्था गरी नगरपालिकामा रहेको दमकल सञ्चालनमा ल्याउने, वडा कार्यालयहरुलाई व्यवस्थित गरी वडा कार्यालयबाटै सेवा प्रवाह गर्ने, समाजिक सुरक्षा भत्ताका अध्यावधिक गरी राज्यले प्रदान गर्ने सुविधासँगै नगरपालिकाले थप सुविधा प्रदान गर्ने, राति ८ बजेदेखि मदिराजन्य बस्तु बिक्री वितरणमा रोक लगाउने, सडक किनारमा गाईबस्तु बांध्ने तथा गोवर राख्ने कार्यलाई निषेध लगाउने र नगरपालिका क्षेत्रभित्र रहेको सार्वजनिक जग्गाको अभिलेखीकरण गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.