काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको म्याड्रिडमा फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतसहित अत्याधुनिक रङ्गशालाको भ्रमण गराउनुभएको हो ।
प्रधानमन्त्री ओलीले आफू रियल मड्रिडको फ्यान रहेको भन्दै सुविधासम्पन्न रङ्गशाला देखेर खुसी लागेको प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्री ओलीलाई निर्देशक मिगेलले क्लबको जर्सी उपहार दिनुभएको थियो । साथै क्लबको तालिम र भर्नामा सहभागी हुन नेपाली विद्यार्थीलाई प्रोत्साहन गर्नुभएको छ ।
स्पेनको सेभियामा संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्त सम्मेलनका कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।