बिराटनगर । कोशी प्रदेश सरकारले भोली असार १ गते आर्थिक वर्ष २०८२–८३ का लागि करिब ३७ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने भएको छ ।
कोशी प्रदेश सरकारले ल्याउने बजेट प्रत्येक बर्ष घटदै गइरहेको देखिन्छ । आर्थिक बर्ष २०७५–०७६ सालमा ४६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याइए पनि स्रोतको कमीका कारण यस बर्ष करिब ३६–३७ अर्बमा सीमित हुनेछ । मुख्यमन्त्रि हिक्कमत कार्कीले हालको स्रोतको वास्तविक अवस्था हेर्दा जम्मा ३३ अर्ब बराबरको स्रोतमात्र उपलब्ध छ, त्यसैले गर्दा तानतुन गरेर ३७ अर्बको बजेट बनाउन लागिएको बताएका छन् ।
मुख्यमन्त्री कार्कीले संघीय सरकारबाट कतिपय स्रोत रोकिएको र कानुनी अधिकार समेत अझै नपुगेको बताए । उनले स्रोत व्यवस्थापन चुनौतीपूर्ण भइरहे पनि आगामी बजेटले शिक्षा, पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकता दिने उल्लेख गरेका छन् ।