उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेशीमोचालाई सहमतिमा ल्याएर स्थानिय निकायको चुनाव हुने दावी गर्नुभएको छ ।
सोमबार विराटनर विमानस्थलमा बोल्दै उहाँले मोर्चाको सहमतिमा तोकिएको मितिमै चुनाव हुने दावी गर्नुभएको हो ।
अधिकार सम्पन्न आयोग बनाएर प्रदेश र केन्द्रको चुनावभन्दा पहिले नै सीमाङ्कनको विषय टुंग्याइने उहाको भनाइ थियो । मधेशी मोर्चासँको वार्ता सकरात्मक भइरहेको भन्दै उहाले मोर्चाको सहमतिमै एकै चरणमा निर्वाचन गर्ने बताउनुभयो । यस्तै उहाले ६ बर्ष अघि भारतिय सुरक्षाकर्मीका मृत्यू भएका वासुदेव शाहको परिवारसँग भेटघाट गरि राहत वितरण गर्नभयो । उहाले बिराटनगरमा पुर्वक्षेत्रको सुरक्षा सम्बन्धि विषयमा छलफलमा सहभागि हुने कार्यक्रम छ ।