Skip to content
Biratkhabar

Biratkhabar

Primary Menu
  • गृह
  • समाचार
    • समाज
    • अपराध
    • विश्व
  • राजनीति
  • अर्थ वाणिज्य
  • खेलकुद
  • मोफसल
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • साहित्य
  • प्रविधि
  • मनोरञ्जन
  • रोचक प्रसंग
Light/Dark Button
  • Home
  • आर्या न्युरो हस्पिटलमा निःशुल्क ओपिडी सेवा, दशै चाडपर्बमा २४ घण्टा बिषेशज्ञ सेवा सुचारु, बिरामी लाभान्वित हुने– हस्पिटल डाइरेक्टर दिनेश ठाकुर
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज
  • स्वास्थ्य

आर्या न्युरो हस्पिटलमा निःशुल्क ओपिडी सेवा, दशै चाडपर्बमा २४ घण्टा बिषेशज्ञ सेवा सुचारु, बिरामी लाभान्वित हुने– हस्पिटल डाइरेक्टर दिनेश ठाकुर

विराट खबर 1 year ago (Last updated: 11 months ago) 0 comments
aaya-hopistla-thamel

विराटनगर । आर्या न्यूरो हस्पिटलले दशै र चाडवाड लक्षित समयमा पनि २४ सै घण्टा स्वास्थ्य विशेषज्ञ सेवा उपलब्ध गराउने भएको छ ।
विराटनगर – ३ कन्चनबारी चोकमै रहेको आर्या न्युरो हस्पिटलले चाडपर्वको समयमा धेरै जसो अस्पतालहरुमा विशेषज्ञ चिकित्सक, डाक्टर, स्वास्थ्यकर्मीहरु नहुँदा विरामीले हैरानी भोग्नु परेकोे अवस्थालाई मध्यनजर गर्दै आर्या न्यूरो हस्पिटलले २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध गराउने भएको अस्पतालका सन्चालक तथा हस्पिटल डाईरेक्टर दिनेश ठाकुरले बताएका छन् ।

दशैं, तिहार, नेपाल सम्वत, छठलगायतका पर्वहरुमा पनि अस्पतालले विशेषज्ञ सेवाहरु उपलब्ध राख्ने अस्पतालका डाईरेक्टर ठाकुरले बताउतै गुणस्तर सेवामा हाम्रो कुनै कम्प्रोमाईज नहुने र सबै बिरामीहरुलाई सस्तो र शुलभ उपचार गर्न अस्पताल सक्षम रहेको बताएका छन् । ‘आर्या न्यूरोले गुणस्तरीय तथा भरपर्दो सेवाहरु उपलब्ध गराउँदै आएको छ । दशैं, तिहार जस्तो पर्वहरुमा विशेषज्ञ चिकित्सक नहुने समस्या प्राय जसो हरेक चाडपर्वहरुमा हुने गर्छ । त्यही भएको कारणले हामीले चाडपर्वहरुमा पनि विरामीलाई भरपर्दो विशेषज्ञ सेवाहरु उपलब्ध गराउने उद्देश्यले सेवा सुचारु राख्ने भएका हौंं,’ डाईरेक्टर ठाकुरले भने ।
न्यूरो सम्बन्धी उपचारमा अब्बल सावित भएको आर्यामा टाउको, मेरुदण्ड, हाडजोर्नी तथा नशा सम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार सेवाहरु उपलब्ध रहेको छ । अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्धक निर्देशक डा। पंकजराज नेपालसहितको टिमले न्यूरो सम्बन्धी सम्पूर्ण उपचार सेवाहरु प्रदानगर्दै आएका छन् ।

यसै गरी आर्या न्युरो अस्पतालले निःशुल्क न्यूरो ओपीडि सेवा चाडपर्वको अवसर पारेर छुट योजना पनि ल्याएको छ । निःशुल्क न्यूरो ओपीडि सेवाको साथै जाँचहरुमा पनि भारी छुट दिने भएको छ । अस्पताल आएका ज्येष्ठ नागरिकहरुको लागि जाँचमा १५ प्रतिशत र अन्य विरामीहरुको लागि १० प्रतिशत छुट हुने भएको अस्पतालले जनाएको छ । ओपीडि निःशुल्क र जाँचहरुमा छुटले विरामीलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले यस्तो योजना लिएर आएको अस्पतालकी अध्यक्ष डा. अर्चना चौधरी(नेपाल)ले जानकारी दिइन् ।

About the Author

विराट खबर

Administrator

विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।

Visit Website View All Posts

Post navigation

Previous: रगत अभाव कम गर्न नेकपा एमाले विराटनगर महानगर कमिटीले रक्त दाता सञ्जाल निर्माण गर्ने
Next: सामाजिक बिकास मन्त्री पाँचकर्ण राईबाट क्षतिग्रस्त पुलको निरीक्षण, छिटै फेरी चलाउने र पिडितहरुलाई दशै अगाडि नै राहत उपलब्ध गराउने

Related Stories

IMG_8403
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट खबर 3 weeks ago 0
chandra-kuber-khapung1-1757931321
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार

जेन–जी आन्दोलनबारे छानबिन आयोगद्वारा निवर्तमान आईजीपी खापुङको विदेश यात्रा रोक्ने निर्णय

विराट खबर 3 weeks ago 0
3
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ओखलढुंगा जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

विराट खबर 4 weeks ago 0

You May Have Missed

IMG_8403
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट खबर 3 weeks ago 0
chandra-kuber-khapung1-1757931321
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार

जेन–जी आन्दोलनबारे छानबिन आयोगद्वारा निवर्तमान आईजीपी खापुङको विदेश यात्रा रोक्ने निर्णय

विराट खबर 3 weeks ago 0
3
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ओखलढुंगा जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

विराट खबर 4 weeks ago 0
12
  • Uncategorized
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • राजनीति
  • समाचार

मधेश प्रदेशमा कर्मचारीहरु सहित सुरुक्षाकर्मीहरु कुटिए. बर्दी च्यातिए, सार्बजनिक सम्पति फुटाइए अनि मधेश स्वायत्तको नारा

विराट खबर 4 weeks ago 0
Copyright © 2025 All rights reserved. | ReviewNews by AF themes.