Skip to content
Biratkhabar

Biratkhabar

Primary Menu
  • गृह
  • समाचार
    • समाज
    • अपराध
    • विश्व
  • राजनीति
  • अर्थ वाणिज्य
  • खेलकुद
  • मोफसल
  • अन्तरवार्ता
  • स्वास्थ्य
  • साहित्य
  • प्रविधि
  • मनोरञ्जन
  • रोचक प्रसंग
Light/Dark Button
  • Home
  • रगत अभाव कम गर्न नेकपा एमाले विराटनगर महानगर कमिटीले रक्त दाता सञ्जाल निर्माण गर्ने
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • राजनीति
  • समाचार

रगत अभाव कम गर्न नेकपा एमाले विराटनगर महानगर कमिटीले रक्त दाता सञ्जाल निर्माण गर्ने

विराट खबर 1 year ago (Last updated: 1 year ago) 0 comments
brt mahanagar (7)

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले रगत अभावमा विरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ रक्त दाता सञ्जाल निर्माण गर्ने निर्णय गरेको छ । आज नेकपा एमाले मोरङको सभाहलमा बसेको महानगर कमिटीको पहिलो पूर्ण बैठकले कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा विरामीहरुको लागि अस्पतालहरुमा भइरहेको रगत अभावलाई मध्ये नजर गर्दै महानगर भित्रका पार्टी सदस्यहरुलाई समेत समेटेर नेकपा एमाले महानगर रक्त दाता सञ्जालको निर्माण गर्ने निर्णय गरेको महानगरका सचिव बलराम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार महानगर र मातहतका कमिटीहरूले प्रत्येक बैठक तथा कार्यक्रमहरुमा समेत माइन्यूटमा अनिवार्य रुपमा रगत समूहको अभिलेख राख्ने व्यवस्था मिलाउने व्यवस्था मिलाइएको छ । यस्तै आजको बैठकले महानगर कमिटीका सदस्य सुदिप कोइरालालाई विराटनगर महानगर कमिटीको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा कमिटीको प्रवक्तामा नियुक्त गरेको छ । बैठकले दशैं तिहार, नेपाल सम्बत, छठ, इद लगायत चाडपर्वको अवसरमा यहि असोज १९ गते विराटनगर–११ स्थित श्रीकृष्ण होटलमा पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । यसैबीच महानगर कमिटीका सदस्य शेखर विश्वासका पिता जय नारायण र पार्टी जिल्ला कमिटीका सचिव रबिन थापाका भाई कृष्णको असामयिक निधन भएको प्रति गहिरो दुःख  व्यक्त मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरि परिवारजनमा गहिरो समवेदना सहित शोक प्रस्ताव पारित गर्ने निर्णय गरिएको सचिव गिरीले बताउनुभयो । यस्तै दोस्रो पूर्ण बैठक नबस्दा सम्मको लागि पार्टीका गतिविधिहरुलाई चलायमान बनाउन पदाधिकारीलाई अख्तियारी प्रदान गरेको बैठकले निर्णय गरे अनुसार आजै महानगर कमिटी र टोल कमिटीका पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । जसलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ ईन्चार्ज जीवन घिमिरे तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् महानगर इन्चार्ज पर्शुराम बस्नेतले सहजीकरण गर्नुभएको थियो । महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी जिल्ला अध्यक्ष बाबुराम कार्कीलगायतले धारणा राख्नुभएको थियो ।  आजै महानगर संगठन कमिटी गठनपछि सपथग्रहण दिन छुटेकाहरुलाई आजै सपथ गराइएको छ ।

About the Author

विराट खबर

Administrator

विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।

Visit Website View All Posts

Post navigation

Previous: दुहबी र रामधुनी नगरपालिकामा औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम तथा लक्षित युवाहरुको सहभागिता
Next: आर्या न्युरो हस्पिटलमा निःशुल्क ओपिडी सेवा, दशै चाडपर्बमा २४ घण्टा बिषेशज्ञ सेवा सुचारु, बिरामी लाभान्वित हुने– हस्पिटल डाइरेक्टर दिनेश ठाकुर

Related Stories

IMG_8403
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट खबर 3 weeks ago 0
chandra-kuber-khapung1-1757931321
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार

जेन–जी आन्दोलनबारे छानबिन आयोगद्वारा निवर्तमान आईजीपी खापुङको विदेश यात्रा रोक्ने निर्णय

विराट खबर 3 weeks ago 0
3
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ओखलढुंगा जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

विराट खबर 4 weeks ago 0

You May Have Missed

IMG_8403
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट खबर 3 weeks ago 0
chandra-kuber-khapung1-1757931321
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • समाचार

जेन–जी आन्दोलनबारे छानबिन आयोगद्वारा निवर्तमान आईजीपी खापुङको विदेश यात्रा रोक्ने निर्णय

विराट खबर 3 weeks ago 0
3
  • ब्रेकिङ्ग न्यूज
  • समाचार
  • समाज

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ओखलढुंगा जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

विराट खबर 4 weeks ago 0
12
  • Uncategorized
  • फल्यास न्यूज
  • ब्रेकिङ्ग न्यूज
  • राजनीति
  • समाचार

मधेश प्रदेशमा कर्मचारीहरु सहित सुरुक्षाकर्मीहरु कुटिए. बर्दी च्यातिए, सार्बजनिक सम्पति फुटाइए अनि मधेश स्वायत्तको नारा

विराट खबर 4 weeks ago 0
Copyright © 2025 All rights reserved. | ReviewNews by AF themes.