कोशी सरकारमा काग्रेसको ३ मन्त्रि र १ राज्यमन्त्रि सहभागि, मन्त्रीपरिषदको संख्या १०

कोशी सरकारमा काग्रेसको ३ मन्त्रि र १ राज्यमन्त्रि सहभागि, मन्त्रीपरिषदको संख्या १०

विराटनगर । कांग्रेस एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गरेका छन् ।
कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । सरकारमा तत्काललाई संस्थापन पक्ष र कृष्णप्रसाद सिटौला पक्षबाट मात्रै मन्त्री पठाएको देखिन्छ ।
प्रदेश महामन्त्री समेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् भने यसै गरी शेरबहादुर देउवा समूहका हाङ्गाम उद्योग कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री भएका छन् ।
गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन । आज भने शेखर समूह विना कांग्रेस सरकारमा सहभागी भएको हो ।
उनीहरुले प्रदेश प्रमुखबाट शपथ ग्रहण पनि गरेका छन् । यो सँगै प्रदेशको मन्त्रीपरिषद् संख्या १० पुगेको छ ।
कोशी प्रदेश सरकारमा शेखर कोइराला पक्षले २ वटा मन्त्रालय मागेको थियो । संस्थापन पक्षले एउटा मन्त्री र एउटा राज्यमन्त्री दिने बताएको थियो । कांग्रेसबाट थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि सरकारमा सहभागी हुने नेपाली काग्रेसका नेताहरुले बताएका छन् ।

Comments are closed.

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.