बबित चौधरी, विराटनगर । कोशी प्रदेश सरकारले बिगतमा बनाएको र प्रयोग बिहीन भएको कृषि थोक बजारमा आज बिहीबार देखि कृषि एक्स्पो–२०८१ शुरु भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले एक्स्पोको बिधिबत उद्घाटन गरी मेला शुरु हुनेछ ।
यसै गरी आिज नै संघिय कृषि मन्त्रि मोरङको कटहरी गाउँपालिका–१ स्थित कृषि थोक बजार केन्द्रमा आउनेछन् र अबलोकन गर्ने छन् ।
किसान र कृषि व्यवसायीहरूले पहिलो एक्स्पोमा आफ्नो सहभागिता उत्साहित रूपमा रहने विश्वास आयोजकले लिएको छ । कृषि एक्स्पोका लागि पाँच वटा ब्लकमा १३ वटा स्टल रहेका छन् । जसमा कृषि तथा पशुपंक्षीसम्बन्धि सरकारी कार्यालयको स्टलदेखि निजी क्षेत्रले उत्पादन गरेका कृषि उपकरण र किसानको उत्पादन प्रदर्शनीमा राखिने छन् । मुलुकको आर्थिक विकासको मुख्य स्रोतका रूपमा रहेको कृषि क्षेत्रलाई अघि बढाउन एक्स्पो सफल हुने आयोजक नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिले जनाएको छ । महासंघका अध्यक्ष राजेन्द्र राउतले किसानको व्यापक सहभागीताले कृषि एक्स्पो सफल हुने बताएका छन् । यो एक्स्पोको आयोजनाका लागि तीनै तहका सरकार, निजी क्षेत्र, दातृ निकाय, किसान र कृषि पेशा व्यवसायसँग सम्वद्ध क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए ।
वर्तमानमा खेतीपाती र कृषि व्यवसायलाई अझ आधुनिक, प्रभावकारी र लाभदायक बनाउने भनेर जान्नको लागि धेरै तरिकाहरू रहेको र त्यसलाई एकै ठाउँमा समेटेर एक्स्पो आयोजना गरिएको हो । कृषि क्षेत्रका सवै कुरा बुझ्न र जान्नका लागि सबैभन्दा भरपर्दो र प्रत्यक्ष आँखाले हेर्न र अनभूत गर्न पाउने भएकोले कृषि एक्स्पो सफल हुने आयोजकले जनाइएको छ । कृषि एक्स्पोमा एउटै छानामुनि उत्पादनहरू, सेवाहरू र प्रविधिहरू प्रदर्शन गरिने छ । एक्स्पोले कृषि व्यापारका साथै लगानीका अवसरहरू पहिचान गर्न र अन्वेषण गर्न प्रदेश र देशव्यापी रूपमा ठूलो सञ्जाल निर्माण गर्ने जनाइएको छ । साथै बजारकर्ताहरू, सरोकारवालाहरूलाई अर्थपूर्ण सम्बन्ध स्थापित गर्न, बजारमा आफ्नो क्षेत्रको वस्तुको जानकारी प्राप्त गर्न र कृषि क्षेत्रका नयाँ आविष्कार र त्यसको प्रदर्शनी गर्न एक्स्पो सक्षम हुने जनाइएको छ । यसको माध्यमबाट बजार साझेदारी र दीर्घकालीन सफलता प्राप्त हुने महासंघले जनाएको छ । यस कृषि एक्स्पोमा कोशी प्रदेशमा फस्टाउन खोज्ने कुनै पनि कृषि व्यवसाय र व्यवसायीहरूका लागि अवसर समेत सिर्जना गर्ने जनाइएको छ । नेपालका साथै भारतको विहार अन्तरगतको कृषि विभाग र कोलकताबाट अगुवा कृषक, कृषि व्यवसायी र विज्ञहरूको समूहले सहभागिता जनाउँदैछन् । कृषि क्षेत्रमा फड्को मार्दै गएको भारतमा प्रयोग भइरहेका र विकास भइरहेका आधुनिक कृषि उपकरणहरू समेत यस पटक कृषि एक्स्पोमा राखिने छन् । घरेलु कृषि औजारदेखि अत्याधुनिक कृषि ड्रोन प्रदर्शनी हुने जनाइएको छ । तीनै तहका सरकारहरूले कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकता दिंदै कृषकहरूलाई आवश्यक सहयोग र्पुयाउने जनाइएको छ । एक्स्पो भदौ ३) मा औपचारिक रूपमा समापन हुनेछ ।