बबित चौधरी, बिराटनगर । आज कुशेऔसी । हरेक बर्ष आउछ जान्छ तर आज बिषेश सामाजिक सन्जालहरुमा रंगीबिरगी तस्विरहरु भरि भराउ देखिने बुवा प्रतिको सम्मान । हुन त सबैलाई जन्म दिने बुबाको माया त लाग्छ नै तर परिस्थितिले हो या अन्य बिबिध कारणले सबैले बुबाहरु प्रतिको सम्मानमा कमि ल्याएको देखिन्छ । अनि त बिभिन्न स्थानमा खोलिएका बृद्धआश्रममा जेष्ठनागरिकहरु गएर बस्ने थलो बनेको छ । अन्तमा आश्रममा समेत छोराहरु नआउने हुनाले बुबाहरुको मन खिन्न हुन्छ । आत्मा रुन्छ आदि आदि…..।
बिराटनगर स्थिति विराटेश्वर वृद्धाआश्रममा हाल ६१ जना बुबा र ३२ जना आमाहरु बस्दै आएका छन् । यी आश्रमहरुमा आमा बुबाको मुख हेर्ने दिन कमैको मात्रै छोराछोरी आउने गरेका देखिन्छ । विभिन्न संघ सस्था लगायत व्यक्तिगत पनि आजको दिन धेरै सहयोगी मन भएका मानिसहरु आउने र खाना खुवाउनाले पनि उनीहरुको मन हल्का हुन्छ मन थामिने गरेको समाजका अगुवा तथा बरिष्ठ पत्रकार यज्ञ शर्मा बताउछन् । आश्रममा कतिपय बाध्यताले आएका छन् भने कतिपय घरपरिवार विहीन भएका आमा बुबाहरु बस्न आएका छन् ।
बुवाको मुख हेर्ने दिन सोमबार उत्तरपूर्वी काठमाडौंको गोकर्णमा तीर्थ श्राद्ध गर्नेको घुइँचो छ। उत्तरगया धामको नामबाट समेत परिचित गोकर्णमा तीर्थ श्राद्ध गर्नाले दिवंगत पितृले मोक्ष प्राप्त गर्छन् भन्ने जनविश्वास छ। तीर्थ श्राद्ध नगर्नेहरूले पनि गोकर्णमा गएर पितृ तर्पण दिने, सिदादान गर्नेछन्। कतिपयले ब्राह्मणलाई भोजनसमेत गराउने गर्छन्। गोकर्णमा बिहानैदेखि श्राद्ध गर्नेहरूको भिड छ। श्राद्ध गर्न जानेहरूको घुइँचोका कारण जोरपाटी-सुन्दरीजल रूटको सवारी आवागमनसमेत प्रभावित भएको छ। आजैका दिन बुवालाई श्रद्धापूर्वक मिष्ठान्न भोजन गराउने र उपहार दिने चलन छ। बुवाले पनि आफ्ना सन्तानलाई आरोग्य, सुख—समृद्धिको कामनासहित आर्शीवाद दिने गर्छन्। छोराछोरीले आफ्ना पितालाई मीठा-मीठा परिकार खुवाइ खुसी तुल्याएमा सन्तानलाई सुखशान्ति मिल्ने जनविश्वास छ।