पूर्ब प्रधानमन्त्रि नगेन्द्र प्रसाद र आशालता रिजाल प्रतिष्ठानले यस बर्षको नगद र पुरस्कार सम्मान राष्ट्र्रिय ब्यक्तित्वहरु डा. रुइत र बेदबेदाङ स्कुल झापा

पूर्ब प्रधानमन्त्रि नगेन्द्र प्रसाद र आशालता रिजाल प्रतिष्ठानले यस बर्षको नगद र पुरस्कार सम्मान राष्ट्र्रिय ब्यक्तित्वहरु डा. रुइत र बेदबेदाङ स्कुल झापा

बबित माझी, विराटनगर । आँखा चिकित्सक डा सन्दूक रुइत र सनातन धर्म संरक्षक शंकरराचार्य पीठ वेद वेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई एक समारोहवीच नगद सहित पुरस्कारबाट सम्मान गरिएको छ ।
पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद – आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा स्थापित एक लाख राशीको ज्ञान विज्ञान पुरस्कार डा रुइतलाई र एक लाख राशीको धर्म संस्कृति पुरस्कारबाट संस्कृत पाठशालालाई प्रदान गरिएको हो । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले पुरस्कार प्रदान गर्दै आँखा उपचार क्षेत्रमा स्वदेश तथा विदेशमा ठूलो योगदान दिनु भएको डा रुइतप्रति नेपाली जनता गौरव अनुभूति गरेको बताए ।  सम्मानित व्यक्तित्व डा रुइतले सम्मानबाट ज्यादै खुशी भएको छु भन्दै मुलुकमा जनताको अकाल मृत्युलाई जोगाउन सरकारले आवश्यक अनुगमन सहित गुणस्तरीय सवारी साधन र हवाई यातायातको प्रयोग गर्नुपर्ने सुझाव दिए ।  प्रतिष्ठानका अध्यक्ष इन्दिरा रिजाल, सम्मानित सस्कृत पाठशालाका प्राचार्य लक्ष्मी खतिवडा र अच्युत प्रपन्नचार्य र प्राडा हरिप्रसाद अधिकारीले समाजमा धर्म संस्कृतिको रक्षा गर्न हामीसबै लाग्नु पर्नेमा जोड दिए । रिजाल परिबारले बिगत बर्षहरु देखि नै प्रतिस्ठान मार्फत राष्ट्र्र ब्यक्तित्वहरुलाई सम्मान गर्ने, आश्रमहरुमा भोजन गराउने र सहयोग गर्ने, सामाजिक कामहरुमा सक्रियता बढाएको छ ।

Comments are closed.

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.