आज आदिबासी जनजाती दिवस, बिभिन्न कार्याक्रम मनाइदै, प्रदेश सरकारले दियो सार्बजनिक बिदा

आज आदिबासी जनजाती दिवस, बिभिन्न कार्याक्रम मनाइदै, प्रदेश सरकारले दियो सार्बजनिक बिदा

बबित माझी, बिराटनगर । आदिवासी जनजातीको संस्कार र परम्परालाई संरक्षण गर्न कोशी प्रदेश सरकारले बिदा दिएर भब्य मनाउन आग्रह गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

३0 औं विश्व आदिवासी दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उहाँले आदिवासी जनजातीहरूको पहिचानलाई थप परिस्कृत बनाउन आफू लागिपरेको समेत बताउनुभयो । सो अवसरमा स्वदेश तथा विदेशमा रहेका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘प्रथम सहिद लखन थापादेखि अहिलेसम्म भएका परिवर्तनका आन्दोलनमा आदिवासी जनजातिको योगदान स्मरणीय छ ।’
खुवालुङदेखि माङ्सेबुङलगायतका पवित्र स्थलहरू प्रदेशका अमूल्य सम्पत्र् िरहेकाले यस्ता धार्मिक धरोहरहरूको संरक्षण र संग्रहालयमार्फत समुदायहरूको पहिचानलाई वर्षौंसम्म चिरस्थायी बनाउन प्रदेश सरकारले काम गरिरहेको सन्देशमा उल्लेख छ ।  दिवसलाई आदिवासी तथा जनजातीहरूले अधिकार स्थापित गर्ने दिनका रूपमा मनाउँदै आएका छन् ।

Comments are closed.

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.